
मुक्तक मञ्च कास्की शाखाको दोस्रो अधिवेशनले दामोदर सञ्जेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
शनिबार भएको अधिवेशनबाट उपाध्यक्ष माधव सुवेदी, सचिव अञ्जना वाग्ले, कोषाध्यक्ष समीर पौडेल, सहसचिव सिचु सारुमगर निर्वाचित भए ।
सदस्य पूजना बुढा क्षेत्री, विशाल ओझा, श्रीकृष्ण भण्डारी, दुर्गा पोखरेल छन् । कार्यक्रममा कवि रमेश श्रेष्ठले मुक्तक साहित्यको छोटो, गम्भीर र लोकप्रिय विधा भएकाले सबैको रोजाईमा पर्ने गरेको बताए ।
मञ्च कास्की शाखा अध्यक्ष राजकुमार आचार्यको अध्यक्षमा भएको कार्यक्रममा मञ्चकी केन्द्रीय अध्यक्ष अम्बिका भण्डारी, पूर्व केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्य, निर्मल पौडेल, विना ढुंगाना, दामोदर सञ्जेलले लगायतले बोलेका थिए ।
निर्वाचन समिति संयोजक दिलीप दोषी र सदस्यद्वय सरला लामिछाने सरू र धर्मराज पौडेलले नयाँ समिति चयनका लागि सहजीकरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष सञ्जेलले मुक्तक मञ्च कास्कीले आगामी दिनमा जिल्लाभित्र मुक्तकको अध्ययन, लेखन, वाचन र अनुसन्धानलाई अझ व्यवस्थित र सशक्त रूपमा अगाडि बढाउन लाग्ने प्रतिबद्धता जनाए