
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पोखरा महानगर अध्यक्षमा तिलकप्रसाद तिवारी निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको प्रथम अधिवेशनबाट तिवारीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा सरिता क्षेत्री र भगवान पहारी, सचिव विशाल तिमिल्सिना, सहसचिव डा लक्ष्मण तिमिल्सिना र कोषाध्यक्षमा भुवानी भुगाईं छन् । गोरखाको नारेश्वरमा जन्मेका अध्यक्ष तिवारीले साढे २ दशकदेखि पोखरामा छन् ।
रेशम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्यसमेत रहेका गण्डकी प्रदेश सरकारका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा, केन्द्रीय सदस्यहरू टीकाराम पौडेल, दुर्गा गुरूङ, कर्ण गुरूङ र राजेश आलेमगरले बोलेका थिए ।