
एपेक्स कास्कीको आयोजनामा भएको शब्दखेल प्रतियोगितामा रेन्वो एकेडेमिक होम्स प्रथम भएको छ। मङ्गलबार भएको प्रतियोगितामा द्वितीय सबलाइम मावि, तृतीय करुणानिधि मावि भए भने सान्त्वना स्थान वेष्ट प्वाइन्ट बोर्डिङ प्राप्त गरेको छ।
शब्दखेल प्रतियोगिता सञ्चालन एवम् सहजीकरण नेपाली भाषा शिक्षक परिषद्का शिवहरि सुवेदी र हरिप्रसाद ढुङ्गानाले गरेका थिए। विद्यार्थीलाई शब्द भण्डारको ज्ञान वृद्धि गर्ने उद्देश्यले भएको प्रतियोगितामा १३ वटा विद्यालयले भाग लिएका थिए ।
एपेक्स कास्कीमा भने १४ विद्यालय आवद्ध छन्। पढाइसँगै अतिरिक्त ज्ञानमा अब्बल बनाउने उद्देश्यले सबै विषयसँग सम्बन्धित रहेर यस्ता कार्यक्रम गरिदै आएको कार्यक्रम संयोजक गोबिन्द गौतमले बताए। प्रतियोगितामा आधारभूत तहको कक्षा ५ सम्मका विद्यार्थी सहभागी थिए ।
एपेक्स कास्की अध्यक्षसमेत रहेका रेन्वो एकेडेमिक होम्स्का प्राचार्य बाबुराम बरालले विद्यार्थी र शिक्षक दुबैलाई मध्यनजर गर्दै अतिरिक्त कार्यक्रम सँगै विभिन्न तालिम पनि सञ्चालन गर्दै आएको जानकारी दिए ।