समाचार

पूर्वडीएसपीविरुद्ध करणीको मुद्धा, पक्राउ गर्ने तयारी

स्वेच्छिक अवकास लिएका प्रहरी नायव उपरीक्षक डिएसपी राजकुमार खिउजुविरुद्ध ललितपुर प्रहरीमा जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । उनि विरुद्ध एक युवतीले चिया खाने वहानामा ढोका लगाएर यौन दुर्व्यवहार गरेको र उजुरी दिने कुरा गर्दा उल्टै मार्ने धम्की दिएको भन्दै बुधबार साँझ उजुरी दर्ता गराएकी हुन् । खिउजुले ६ महिनासम्म शारीरिक शोषण गरेको उनी बताउँछिन् । पहिलो गरेको गलत क्रियाकलापको तस्वीरसमेत खिचेर आफूलाई ‘ब्ल्याकमेल गरेको पीडितको दाबी छ ।… पुरा पढौ

कोरोनाग्रस्त क्षेत्रबाट नेपाली ल्याउनुपूर्व सरकारले गरोस् यस्तो तयारी -डा. रवीन्द्र पाण्डे

चीनको वुहानमा फसेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तब्य हो । उनीहरु संक्रमित नहोलान, तर १ जनामात्र संक्रमित भएमा त्यो संक्रमण धान्न मुस्किल पर्नेछ । उनीहरु पनि सुरक्षित होउन, यहाँ कसैलाई नसरोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्दछ । कोरोनाग्रस्त क्षेत्रबाट नेपाली ल्याउनुपूर्व सरकारले गरोस् यस्तो तयारी । १. चालक दललाई त्यहाँ सुरक्षित रुपमा पुर्याउनु पर्दछ । त्यहाँका नेपालीलाई आइसोलेसन गाउन, ह्याण्ड ग्लोभ, मास्क, हेड क्याप लगाएर ल्याउनुपर्छ । २. ती १८० जना… पुरा पढौ

लुम्बिनी प्रादेशिक अस्पतालका व्यावसायिक सटर भत्काइयो

लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढ्ने भएको छ । प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर भत्काएर बाहिरी पर्खाल लगाउने काम अघि बढाउने काम शुरु भएको छ । यसअघि प्रदेश सरकारको गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले मङ्सिर महिनाभरिमा व्यवसायीलाई सटर खाली गर्न सूचना गरेको थियो । यसअघि लुम्बिनी प्रादेशिक अस्पतालले साउन ३० गते सटर खाली गर्न तीनमहिने सार्वजनिक सूचना… पुरा पढौ

टिपरको ठक्करबाट २ जनाको मृत्यु

कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । बुधबार राति बजे कलंकीको अण्डरपासमा बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुबैजनाको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । मृत्यु हुनेमा रौतहटका हटहरिया गाउँपालिका–४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया– ७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका… पुरा पढौ

नेकपा नेता गिरीको शंकास्पद मृत्यु

सत्तारुढ नेकपाका नेता हरिदेव गिरीको काठमाडौँ नयाँबानेश्वरमा शंकास्पद मृत्यु भएको छ । काभ्रे घर भएका गिरीको नयाँबानेश्वरको आलोकनगर डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वररले जनाएको छ। प्याब्सन भक्तपुरका सल्लाहकारसमेत रहेका गिरीको छातीमा निलडाम, नाक तथा ओठमा गहिरो चोट, टाउकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट र देब्रे खुट्टा भाँच्चिएकाले हत्या नै भएको परिवारको दावी छ । मृतकका परिवारले रेष्टुरेन्ट सञ्चालकलगायतका व्यक्तिको घटनामा संलग्नता रहेको दावी… पुरा पढौ

आजको राशिफल (२०७६ माघ २३ गते बिहीबार)

https://www.youtube.com/watch?v=VvC7XzX56Os&t=2s आजको पञ्चांग आज मिति २०७६ माघ २३ गते बिहीबार, इस्वीसंवत फरवरी ६ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको द्वादशी तिथि अहोरात्र रहनेछ । आज आद्रा नक्षत्र, विष्कुम्भादि योगमा विश्कुम्भ, करणमा कौलव रहनेछ भने आनन्दादि योगमा काण रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा… पुरा पढौ

पोखरा ५ मा नेकपा टोल कमिटी, २ टोलमा महिलाको नेतृत्व

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोखरा ५ ले वडामा टोल कमिटी गठनलाई तीव्रता दिएको छ । १० टोल कमिटी बनाइने तय भएको वडामा बुधबारसम्म ९ टोल कमिटी बनिसकेका छन् । बुधबारमात्रै नेकपाले पोखरा ५ का ४ टोलमा कमिटी गठन गरेको छ । शान्तिटोल रिठ्ठे गौंडा टोल कमिटीमा ज्ञानु गौतमको अध्यक्षमा ९ सदस्यीय कमिटी बनेको छ भने धारापानी टोलमा तिलु भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कमिटी चुनिएको छ । बुधबार नै रातमाटा र… पुरा पढौ

वडाध्यक्षको हत्या प्रकरण : छानबिनको माग गर्दै विनायक बजार बन्द

विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडाँंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो । मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएकामा आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी… पुरा पढौ

कृष्ण पहाडीको खाताको रकम शान्ति समाजमा हस्तान्तरण हुने

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गरेका छन्। मानव अधिकारवादी नेता पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैंक खातामा रहने रकम समाजमा हस्तान्तरण हुने घोषणा गरेका सभापति उत्तम पुडासैनीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ५७ वर्षीय पहाडीले आफूले लेखेका पुस्तकबाट प्राप्त हुने रोयल्टीलगायत रकम पनि शान्ति समाजको हुने घोषणा गरेका छन्। नागरिक आन्दोलनका अगुवासमेत रहेका पहाडीका नेपाली,… पुरा पढौ

उखु खेती राष्ट्रिय बाली हुन सकेन: रामचन्द्रसिंह

उखु खेतीलाई राष्ट्रिय बालीका रुपमा सरकारले घोषणा गरे तापनि कार्यान्वयन हुन नसकेपछि दिनानु दिन उखु किसानमा मर्कामा पर्दै आएको उखु उत्पादक केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष रामचन्द्रसिंह कुशवाहाले बताएका छन् । महोत्तरीको गौशालामा बुधवार बिहान पत्रकारसँग कुरा गर्दै सरकारले स्वयम उखु खेतीलाई राष्ट्रिय बालीका नाममा घोषणा गरे तापनि कार्यान्वयनमा नआउँदा वर्तमान समयमा किसान समस्याबीच उखु खेती गर्न बाध्यता रहेको जनाएका छन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा आफ्नै नेतृत्वमा किसानको पीडा–मर्कालाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं