पोखरामा फागुन १ मा मेगा कमेडी सो

पोखरामा स्ट्यान्ड अप कमेडी सो हुने भएको छ । कमेडी क्लब पोखराले यही फागुन १ गते बिहीबार भ्यालेन्टाइन डेका दिन कार्यक्रम गर्न लागेको हो ।

सो राजधानीबाहिर पहिलोचोटि पोखरामा हुन लागेको आयोजकको दाबी छ । स्टेजमा विभिन्न माध्यमबाट दर्शकलाई हसाएर देखाइने प्रस्तुतिलाई नै स्ट्यान्ड अप कमेडी भनिन्छ । पछिल्लो समय नेपाली नि स्ट्यान्ड अप कमेडीमा आकर्षित भएका छन् ।

नेपालका चर्चित स्ट्यान्ड अप कमेडियन सजन श्रेष्ठ र विशाल गौतम मेगा सो का मुख्य आकर्षण हुन् । अन्य कमेडियनमा सुन्दर सुवेदी, अभिषेक लामिछाने, विवेक गुरुङ, प्रभात अधिकारी र संगम लामिछाने छन् ।

कार्यक्रमको मुख्य प्रायोजन कुन्ति मलले गरेको छ । कमेडी कल्ब पोखरा अध्यक्ष सुन्दर सुवेदीले कमेडीका प्रेमीहरुलाई पूर्ण मनोरञ्जन दिने गरी कार्यक्रम गरिने बताए । सो हेर्न २ सय रुपैयाँको टिकट काट्नुपर्छ । कार्यक्रम पोखराको रोलिङ स्टोन्स बारमा हुनेछ ।