‘तपस्वी’ रामबहादुर बमजन पक्राउ गर्न भनेर शुक्रबार बिहानै सिन्धुलीस्थित उनको आश्रममा पुगेको प्रहरी टोली उनलाई फेला पार्न असफल भएको छ ।
हत्या-हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बमजनलाई पक्रन प्रहरीले जिल्ला अदालत सर्लाहीबाट बिहीबार पक्राउ अनुमति लिएर शुक्रबार बिहान बमजनको सिन्धुली आश्रममा पुगेको थियो।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८, बेसारे भन्ने ठाउँमा रहेको आश्रममा बमजन बिहीबार रातिसम्म आश्रममै रहेको सूचनाका आधारमा प्रहरी उनलाई पक्रन शुक्रबार बिहानै आश्रम पुगे पनि उनी त्यहाँ नभेटिएको र अहिले बमजनको खोजीमा नै रहेको प्रहरी बताएको छ । ।
बमजन एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र एक आनीलाई बलात्कार गरेको आरोप लागेको छ ।






