समाचार

भन्सार कार्यालय जनकपुरका नासु घुससहित पक्राउ

धनुषाको जनकपुर भन्सार कार्यालयका नायब सुब्बा साढे एक लाख घुस रकमसहित पक्राउ परेका छन्। अख्तियारले सोमबार नायब सुब्बा अहमद रजा अन्सारीलाई एक लाख ५० हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले नासु अन्सारीलाई सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा जनकपुर उपमहानगरपालिका–८ पिडारी चोकबाट शनिबार साँझ नियन्त्रणमा लिइएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। प्रवक्ता कोइरालाले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्सारीले नेपाल–भारत सीमा बजारबाट घरायसी सामानहरु… पुरा पढौ

सांसद चौधरीविरूद्ध संसद सचिवालयमा ठगिको उजुरी

नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीलाई कारबाहीको माग गर्दै संसद सचिवालयमा उजुरी परेको छ । सांसद चौधरीले आफूहरूलाई ८ लाख ठगी गरेको भन्दै लीलाबहादुर थापा र कृष्णराज पाण्डेले सचिवालयमा सोमबार उजुरी दिएका हुन् । २०७४ सालमा तीन लाख र पाँच लाख रुपैयाँ गरी कूल आठ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फिर्ता नगरेपछि उजुरी दिनु परेको कांग्रेसका कार्यकर्ता समेत रहेका थापा र पाण्डेले जनाएका छन् । कांग्रेस सांसद चौधरी दोस्रो संविधानसभा… पुरा पढौ

तेस्रो लिंगीको हत्यामा संलग्न ५ पक्राउ

हेटौंडा-११ की तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । प्रहरीले हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो। यही माघ ४ गते बिहान हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा शव फेला परेको अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई… पुरा पढौ

अछामका वडाध्यक्ष धामीको ‘हत्या’

अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या गरेर फालेको अबस्थामा शव फेला परेको छ । धामीको क्षतविच्छद शव घरदेखि पैदल आधा घन्टा टाढा गोठमा फेला परेकोले हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । तत्कालिन नेकपा एमालेका उम्मेदवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका धामीको शव मंगलवार विहान फेला परेको हो। अनुसन्धानका लागि प्रहरी टोली बिहानै घटनस्थल पुगिसकेको र धनगढीबाट तालीमप्राप्त कुकुरसहितको टोली मगाइएको प्रहरीले… पुरा पढौ

आजको राशिफल (२०७६ माघ २१ गते मंगलबार)

https://www.youtube.com/watch?v=5RSI34EeM7A आजको पञ्चांग आज मिति २०७६ माघ २१ गते मंगलबार, इस्वीसंवत फरवरी ४ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको दशमी तिथि अहोरात्र रहनेछ । आज रोहिणी नक्षत्र, विष्कुम्भादि योगमा ऐंन्द्र, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा मातंग रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा… पुरा पढौ

शुक्रराज मावि ५२ वर्षमा

पोखरा २२ पुम्दीभुम्दीको शुक्रराज माध्यमिक विद्यालयले ५१ औं बार्षिकोत्सव, पुरस्कार बितरण तथा अविभावक दिवस मनाएको छ । समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सरकारी विद्यालयको गुणस्तर युगसापेक्ष र प्रतिश्पर्धी बनाउन अभिभावक र शिक्षकको विशेष भूमिका हुने बताए । उनले सबै नराम्र पक्षमा सरकारलाई गाली गरेर समाधान ननिस्किने उल्लेख गर्दै निजी विद्यालयभन्दा गुणस्तरीय, सीपमूलक र युगसापेक्षा शिक्षा दिने बनाउने गरी काम गर्न आग्रह गरे । प्रदेश सभा… पुरा पढौ

दोलखाका प्रजिअ रिजालविरूद्ध ५ मुद्दा दायर

दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ वटा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजालविरुद्ध चार वटा घुस र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । आफ्नो कार्यक्षेत्रभित्रका बिभिन्न मुद्दा सम्बन्धी केश लाग्छ भन्दै कारागारको डरत्रास देखाएर फरक फरक सेवाग्राहीसँग पटक–पटक गरी ५०, हजार, ९०, हजार, ३५, हजार, र ४ लाख लिएको र अनुगमनमा नै नगई कार्यालय बसेर अनियमित तरिकाले… पुरा पढौ

बलात्कार आरोपी विमानस्थलबाट पक्राउ

फरार बलात्कार आरोपी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेतलाई कुवेततर्फ जादै गर्दा सोमबार पक्राउ गरेको हो । स्काभेटर चालकको रुपमा कार्यरत उनले ८ महिना अघि गजुरीकै स्थानीय एक १६ वर्षे युवतीलाई घरमा सुतिरहेको बेला कोठाको ढोका फुटाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनायता फरार रहेका उनी भारतको विभिन्न क्षेत्रमा लुकीछिपी बसेको र पछिल्लो समय… पुरा पढौ

प्रमुख प्रशासकीय अधिकृत १ लाख घुससहित पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र सवारी चालक सञ्चित दुलाल १ लाख घुससहित पक्राउ परेका छन् । अधिकृत पौडेलले सूचना, सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजित रकमबाट घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उजुरी परेपछि आयोगको टंगाल कार्यालयबाट गएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका दुवैविरुद्ध अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् । पुरा पढौ

पोखरा विश्वविद्यालयमा स्ववियूले विद्यार्थी मेला गर्ने

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथको स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थी मेला २०२० आयोजना गर्ने भएको छ । माघको २३ गते औपचारिक उद्घाटनको तयारी भएको मेलाको समापन माघ २५ गते हुने मेलाका संयोजक तथा स्ववियू सहसचिव होमेन्द्र यादवले जानकारी दिए । मेलाको उद्घाटनको मिति अगाडी नै केही कार्यक्रमहरु भने शुरु भइसकेको यादवले बताएका छन् । कुल ४१ वटा विभिन्न कार्यक्रमहरु मध्ये केही तालिमहरु र फोटो प्रतिस्पर्धा शुरु भइसकेको उनले जनाए । मेलामा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं