वडाध्यक्षसहित ३ जनामाथि सामुहिक कुटपिट

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा वडाध्यक्षसहित तीन जनामाथि सामुहिक रूपमा कुटपिट भएको छ ।

सोमबार बेलुका करिब १० बजे वडा नम्बर–५ का वडाध्यक्ष सनत अधिकारी, रत्नराज्य माध्यमिक विद्यालयका प्रधानाध्यपक र सोही विद्यालयका शिक्षकमाथि स्थानीय केही युवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

वडाध्यक्ष अधिकारी र केही स्थानीयबीच सामबार बेलुका ‘हानाहान’ हुदा घाइते भएका वडाध्यक्ष अधिकारीको भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था कस्तो छ भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ ।

झडपमा संलग्न पाँच जनालाई पक्राउ गरि घटनाबारे थप अनुसन्धान भइरहेको एसपी प्रज्वल महर्जन बताएका छन् ।