एक महिनादेखि नेतृत्वविहीन बनेको जिल्ला प्रहरी कार्यालय चिवतनमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)नातीराज गुरुङलाई पठाएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्रीले चितवनमा गुरुङलाई पठाइएको पुष्टि गरेका छन् ।
यसअघि प्रहरी प्रधान कार्यालय नक्सालले ४ पुसमा २५ जना प्रहरी उपरीक्षक ९एसपी० को सरुवा सूची सार्वजनिक गरेको थियो, जसमा चितवनका तत्कालीन एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा भयो । चिवतनमा पन्त पठाइन् ।
पन्तलाई चितवन पठाउन नसकेपछि प्रहरी हेडक्वार्टरले उनलाई पर्साको जिम्मेवारी दिएको छ । पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर काठमाडौं प्रहरी परिसर सरूवा भएका छन्।
चितवनमा गत पुसदेखि एसपी रिक्त थियो। एसपी दानबहादुर मल्लको सरूवा भएको लामो समयदेखि यहाँ प्रहरी प्रधान कार्यालयले एसपी पठाउन सकेको थिएन।






