जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ ।
गएराति प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा गोरु फुकाउन गएकी उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको निस्सासिएर प्रेमकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको हो ।
आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेर नष्ट भएको छ ।
आगलागी हुनाका कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।






