क्यान कास्कीले क्यान् इन्फोटेक २०२० लाई भव्य बनाउन स्कुल भिजिट गरेको छ । मंगलबार क्यान कास्की टोलीले पोखराको कन्या मावि, बाल मन्दिर मावि र पोखरा माविमा पुगेर महोत्सवमा हुने इभेन्टमा सहभागी हुन र सूचना र प्रविधिबारे जानकारी विद्यार्थीलाई आग्रह गरेको हो ।
मेला विद्यार्थीलाई निकै उपयोगी भएकाले स्कुल स्कुलमा पुगेर सहभागिताका लागि विद्यार्थीलाई आग्रह गरिएको क्यान कास्की अध्यष विश्वास भण्डारीले बताए । मेलामा स्कुल लेभल रनिङ शिल्ड क्विज कम्पिटिसन हुँदै छ । यसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद २५, १५ र १० हजारका साथमा प्रमाणपत्र पाउने छन् ।
मेलामै विद्यार्थीलाई लक्षित गरी रोबोट कम्पिनिसन र ओपन आइसिटी स्पिच प्रतियोगिता पनि हुँदै छन् । रोबोट कम्पिनिसनमा पहिलो, दोस्रो र तेस्रोले क्रमशः ८, ५ र ३ हजार पाउनेछन् । यसमा सहभागी हुने सबै समूहलाई २ हजार दिइने आयोजकले जनाएको छ ।
यस्तै, रोबोट कम्पिनिसनका प्रथम, द्वितीय र तृतीयले क्रमशः २४ इन्चको रंगीन टिभी, थ्रि इन वान प्रिन्टर र उफर सेट जित्ने छन् । मेलाभित्रै ओपन टाइपिङ प्रतियोगिता पनि हुँदै छ ।
क्यान कास्कीले फागुन ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० गर्दै छ । क्यान कास्कीले यस पटक प्रदेशस्तरको सूचना प्रविधि मेला गरेको हो । मेलामा आइसीटी सेमिनार, जिल्ला तथा प्रदेश स्तरीय रनिङ शिल्ड आइटी क्विज, टाइपिङ, आइसिटी स्पिच प्रतियोगिता इन्फोटेकमा आयोजना हुने छन् । ल्यापटप तथा कम्प्युटर निःशुल्क मर्मत क्याम्प, रोर्वट प्रतियोगिता, आइसिटी म्यूजियम प्रदर्शनी, आइसिटी बिजनेस टक पनि इन्फोटेकका आकर्षण हुन् ।
‘प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय हुनेका लागि प्रमाण पत्र, ट्रफी तथा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। मेलामा आइसिटीसंग सम्बन्धित करिव १ सय वटा स्टल रहने छन् ।
इन्फोटेकलाई प्रभुपेले मुख्य प्रायोजन गरेको छ । इन एसोसिएसन विथमा वल्र्डलिंक, गोल्ड स्पोन्सरमा ब्रर्दश विंथ कास्र्पस्काई र स्मार्ट, सिल्भर स्पोन्सरमा भायानेट, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पार्वर, नलेज पार्टनरमा निम एकेडेमी, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभू इन्स्योरेन्स, सेक्युरिटी पार्टनरमा एम।बि। टे«डर्स, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउसले साथ दिएका छन् ।






