धनुषाको जनकपुर भन्सार कार्यालयका नायब सुब्बा साढे एक लाख घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियारले सोमबार नायब सुब्बा अहमद रजा अन्सारीलाई एक लाख ५० हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले नासु अन्सारीलाई सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा जनकपुर उपमहानगरपालिका–८ पिडारी चोकबाट शनिबार साँझ नियन्त्रणमा लिइएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।
प्रवक्ता कोइरालाले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्सारीले नेपाल–भारत सीमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराइदिन्छु भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको उल्लेख छ।






