थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अभिवक्ता पक्राउ परेका छन् ।
राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै ४२ लाख घुस लिएको आरोपमा अधिवक्ता टंक रानामगरलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बबरमहलबाट पक्राउ गरेको हो ।
२७ मंसिर २०७५ मा पक्राउ परेका दाहालसँग अदालतले दुई करोड पच्चीस लाख रूपैयाँ धरौटी मागेको थियो । धरौटी तिर्न नसकेर उनी अहिले नख्खु कारागारमा छन् ।






