अख्तियारमा धर्ना दिने साझा पार्टीका १३ कार्यकर्ता पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गरिरहेका साझा पार्टीका १३ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरु माधव नेपाल, विष्णु पौडेल लगायतका नेताहरुलाई उन्मुक्ति दिन खोजेको भन्दै विरोध प्रदर्शन गर्ने क्रममा साझा पार्टीका पाँच केन्द्रीय सदस्यसहित १३ नेतालाई प्रहरीले पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा कांग्रेसका उपसभामुख विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गरेको थियो ।

साझा पार्टीले ललिता निवासको जग्गा प्रकरणमा कसैलाई छुट दिन नहुने भन्दै अख्तयारको कार्यालयमा धर्ना दिएको छ ।