पूर्वडीएसपीविरुद्ध करणीको मुद्धा, पक्राउ गर्ने तयारी

स्वेच्छिक अवकास लिएका प्रहरी नायव उपरीक्षक डिएसपी राजकुमार खिउजुविरुद्ध ललितपुर प्रहरीमा जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ ।

उनि विरुद्ध एक युवतीले चिया खाने वहानामा ढोका लगाएर यौन दुर्व्यवहार गरेको र उजुरी दिने कुरा गर्दा उल्टै मार्ने धम्की दिएको भन्दै बुधबार साँझ उजुरी दर्ता गराएकी हुन् ।

खिउजुले ६ महिनासम्म शारीरिक शोषण गरेको उनी बताउँछिन् । पहिलो गरेको गलत क्रियाकलापको तस्वीरसमेत खिचेर आफूलाई ‘ब्ल्याकमेल गरेको पीडितको दाबी छ ।

यो घटनालाई लिएर पीडित युवती बिभिन्न प्रहरी उच्च अधिकारसम्म पुगेपछि खिउजुले डेढ महिनाअघि घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।

सोही घटना मिलाउन धम्की र आर्थिक प्रलोभन दिएको भन्दै पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी परेको छ ।

उनको साँझै पाटन अस्पतालमा स्वास्थ्य परीक्षण भइसकेको छ । खिउजुविरुद्ध करणी कसूरमा किटानी जाहेरी दर्तापछि उनलाई पक्राउ गर्ने तयारी गरेको लितपुर प्रहरी परिसर जावलाखेलले जनाएको छ ।