समाचार

स्याङजाको पहिरोमा एकै परिवारको ९ जनाको निधन, १ को उद्दार

स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा गएको पहिरोमा परी एकै परिवारका ९ जनाको मृत्युभएको छ । माया नेपालीको घर विहीबार बिहान पहिरोले पुरिएको हो । पहिरोमा पारी एकै परिवारका ९ जनाको मृत्युभएको छ । एकजनाको भने उद्दार गरिएको छ । उद्दार गरिएकी युवतीलाई थप उपचारको लागि पोखरा ल्याइएको छ । मृत्यु हुनेमा ६० वर्षिय सेनी नेपाली, ४८ वर्षिय माया नेपाली, ३४ वर्षिय दिपक नेपाली, २८ वर्षिय कुलदिप नेपाली, १५ वर्षिय विक्रम(शिशिर)… पुरा पढौ

वामदेवलाई सांसदको रुपमा काम गर्न नदिन आदेश

सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई मन्त्रीसमेत नबनाउन आदेश जारी गरेको हो । असोज १ गते सपथ खाएका गौतम न्त्रिपरिषद्‌बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनित भएका थिए । प्रतिनिधिसभा चुनावमा पराजित हुँदा संघीय संसद्‌मा मनोनित गरेकोमा रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । ुवर्तमान संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक… पुरा पढौ

कोरोनाबाट वडाध्यक्षको मृत्यु

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो । रासस पुरा पढौ

विद्यार्थीलाई पायक पर्ने ठाउँबाटै परीक्षा, भर्चुअल नहुने

त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ। त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय ९पनिका०का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। त्रिविले कोभिड–१९… पुरा पढौ

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको मृत्यु भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिनुभयो । प्रहरीका अनुसार आज बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो । रासस पुरा पढौ

मुस्ताङका एक युवाले तयार पारे कोरोना रोकथाम गर्नसक्ने हिमाली औषधि

जिल्ला मुस्ताङमा कोरोना विरुद्ध रोकथाम तथा प्रतिकार्य गर्नसक्ने एक प्रकारको हिमाली जटिबुटी मिश्रित औषधि एक यूवाले तयार पारेका छन् । मुस्ताङको थासाङ गाउपालिका—१ टुकुचेका स्थानीय नगेन्द्र क्षेत्रीले उक्त स्वास्थ्यवद्र्धकऔषधि हिमाली लेकबाट आफैले खोजेर ल्याई तयार पारेको बताएका छन् । उनले गत भदौ महिनाको पहिलो साता कोरोना विरुद्ध प्रतिकार्य गर्नसक्ने रोग प्रतिरोधात्मक औषधि खोज्ने उद्देश्यले गाउ माथिको धौलागिरि लेक पुगे । उनले त्यहा एकसाता खर्चिएर ७ थरीका जटिबुटी जम्मा पारेका छन्… पुरा पढौ

जेसीज सप्ताहमा पोखरा लेडी जेसिजको वक्तृत्वकला

जेसीज सप्ताहअन्तर्गत सोमबार पहिलो दिन उद्घाटन तथा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा प्रथम शान्ति निकेतन माविकी दीपावली भट्टराई, द्धितीय गण्डकी बोडिङ्गका दिग्गज गौतम, तृतीय अमरसिंह माविकी अपेक्षा अधिकारी र सान्त्वनामा पश्चिमाञ्चल बोडिङ्गकी प्रशंसा थापा भए । कार्यक्रममा १५ विद्यालयका विद्यार्थीले समृद्धिका लागि प्रभावकारी नेतृत्व विषयमा प्रस्तुति राखेका थिए । निर्णायक मण्डलमा सजना महत कर्माचार्य, मिनु श्रेष्ठ कुँवर र सुनील तिमिल्सिना थिए । पोखरा लेडी जेसिजका अध्यक्ष शोभा… पुरा पढौ

करोडौंको स्याउ फलाउने मुस्ताङका कर्म

स्याउ खेती गरी सुन फलाउने मुस्ताङका एक जुझारु किसानको नाम हो कर्म गुरुङ । गुरुङकै कृषि कर्ममा पू¥याएको योगदानको कदर गर्दै राज्यले सम्मान गर्ने भएको छ । मुस्ताङको घरपझोङ —५ ढुम्बा निवासी कर्म गुरुङले नेपाल सरकारले संविधान दिवसको अवसरमा जनसेवा श्री(पञ्चम) पदक पाउँने भएका छन् । उनी ४ दशक देखि कृषि व्यवसायमा आवद्ध छन् । राज्य तहबाट सम्मान गर्ने खबरले उनी निकै हौसिएका छन् । जिल्लाको कृषिक्षेत्रको विकास र यसमा… पुरा पढौ

कास्कीकोट कल्याणकारी कोष स्थापना

समाज उपान्तरणको लागि अग्रणी भूमिका खेलिरहेको हाम्रो कास्कीकोट युवा संजालको  तेश्रो बार्षिक साधारणसभाले ‘कास्कीकोट कल्याणकारी कोष’ स्थापना गरेको छ | साथै संयोजक हेम सुबेदीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम पारित भएका छन् | निस्वार्थ रुपमा सामाजिक हितका लागि जोकोहीले पनि एक दिनको एक रुपैयाँका दरले सहयोग गर्न सक्नेगरी ल्याइएको विशुद्ध सामाजिक अवधारणानै ‘दिनको एक रुपैयाँ’ अवधारणा भएको  र  यस अवधारणा मार्फत धेरै भन्दा धेरै जनाको दिनको… पुरा पढौ

इन्द्रेणी एकीकृत विकास केन्द्रमा मीलनको बिदाई

इन्द्रेणी एकीकृत विकास केन्द्रले पूर्व खेलाडी एवं संस्थाका सहयोगदाता मीलन गुरुङ बिदाइ गरेको छ । हङकङ बसोबास गरी संस्थालाई सहयो गर्ने गुरुङलाई क्लबले पोखरामा बिदाई गरेको हो । पोखराबाट हङकङ फर्किदै गरेका उनलाई क्लबबाट आयोजित कार्यक्रममा अध्यक्ष भानुभक्त अधिकारीले सम्मानसहित नेपालको पहिचान ढाका टोपी र क्लबको जर्सी लगाइदिएर बिदाइ गरेका हुन् । अध्यक्ष अधिकारीले आगामी दिनमा पनि सहयोग अपेक्षा गरे । कार्यक्रममा उपाध्यक्ष ग्रहेन्द्रमान श्रेष्ठ, सदस्य हिटलर घले, महासचिव निरजबिक्रम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं