समाचार

गोल्ड मेडल किन्ने वकिललाई १ वर्ष कैद र साढे ४ लाख जरिवाना

विशेष अदालत काठमाडौंले घुस खुवाएर त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहका परीक्षामा गोल्ड मेडल लिएका विद्यार्थी र त्यसमा संलग्न पदाधिकारीलाई दोषी ठहर गरेको छ। त्रिविको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुरमा शिक्षण सहायक पदमा कार्यरत सुरेन्द्रप्रसाद कोइरालालाई १ वर्ष २ महिना कैद फैसला मंगलबार सुनाएको छ। उनलाई बिगो र जरीवाना गरी चार लाख ५७ हजार रूपैयाँ जरिवाना गर्ने विशेषले फैसला गरेको छ। न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको… पुरा पढौ

पोखरा जेसिजद्धारा शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा जेसिजले सडक बालबालिकाहरुलाई शैक्षिक, स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । अन्नपुर्ण गाउँपालिका १ लेवाडे स्थित फुलवारी श्रोत केन्द्रमा रहेका १७ जना सडक बालबालिकालाई शैक्षिक सामग्रीका साथै स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको हो । पोखरा जेसिजले सप्ताहव्यापी कार्यक्रम अनतर्ग दोस्रो दिन सो कार्यक्रम सम्पन्न गरेको हो । सडकमा रहेका बालबालिकाको भविष्य अन्धकारमा नभई उज्यालो हुनुपर्दछ भन्ने सोचका साथ बालबालिकालाई सहयोग गरेको हो । पोखरा महानगरपालिकाको सहयोगमा सडक बालबालिकाको… पुरा पढौ

‘कम्युनिस्ट स्कूल’ लिएर आए पत्रकार तिमिल्सिना

माक्र्सवादी पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कूल’ बजारमा आएको छ । कोभिड –१९ को महामारीकै बीच माक्र्सवादी कक्षासमेत सञ्चालनमा सक्रिय लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तकमा माक्र्सवादी दर्शनका आधारभूत अन्तर्वस्तुको रक्षा, प्रयोग र विकास एवं नेपाली सापेक्षतामा क्रान्तिकारी कार्यदिशा आदिबारे मिहिन व्याख्या गरिएको छ । समाजवादोन्मुख राज्यको संवैधानिक व्यवस्थाले नेपाली विशेषताको मौलिकतासहितको समाजवादको यात्रामा विगतका कम्युनिष्ट आन्दोलनको समीक्षासहित नयाँ र एकताबद्ध कार्यभारलाई व्यवस्थित गर्न कम्युनिष्ट विश्व दृष्टिकोण निर्माणमा पुस्तकले जोड… पुरा पढौ

सङ्क्रमणबाट मृत्यु : नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द

कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।   बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने निर्णय गरेको छ । नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले… पुरा पढौ

हार्टले पोखरामा मनायो विश्व रेबिज विरुद्धको दिवस

हिमालय एनिमल रेस्क्यू टीम (हार्ट)ले पोखरामा एक कार्यक्रमका बीच विश्व रेविज विरुद्धको दिवस मनाएको छ । दिवसको अवसरमा संस्थाले ६४ सडकका कुकुरलाई पोखरा महानगरपालिकाको सहयोगमा रेविज विरुद्धको सुइ लगाउने तथा आवश्यक उपचार गरेको छ । पोखरा महानगर पशु शाखा प्रमुख नवराज अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष जुलियट कन्लिफ, यूके, संस्थाका अध्यक्ष चित्रराज बराल, वडा नं १७ का अध्यक्ष तीर्थराज अधिकारी, पशु बिज्ञ केन्द्रका प्रमुख डा शोभा शर्मा, रोग अन्वेषण… पुरा पढौ

छोरी बलात्कार गर्ने बाबु पक्राउ

आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण… पुरा पढौ

तेजाब लगायत ३ अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश जारी गरेकी हुन् । ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ९नियमन०, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी९कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय९पहिलो संशोधन० रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिए । रासस पुरा पढौ

प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त भएका छन् । भदौ १८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भएपछि होम आइसोलेसनमा बसेका उनको आइतबार पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

दुर्गा घिमिरेलाई १ लाखको समाजसेवा पुरस्कार

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार यस वर्ष महिला बेचबिखन बिरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ । समितिले प्रत्येक २ वर्षमा प्रदान गर्ने १ लाख १ हजार रुपैयाँ राशीको पुरस्कार यस वर्ष घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको हो । महिला बेचबिखन बिरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा विगत ४ दशकदेखि घिमिरेको योगदानको कदर गर्दै पुरस्कार दिने निर्णय… पुरा पढौ

सिभिल र अटो इन्जिनियरिङमा अध्ययन गर्ने २ छात्रालाई छात्रवृत्ति दिने

पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनियरिङ अध्ययनका लागि गरिब तथा जेहेन्दार २ छात्रालाई छात्रबृत्ति प्रदान गरिने भएको छ । पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रममार्फत सिभिल तथा अटोमोबाइल इन्जिनियरिङमा दुई जना छात्रालाई छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको हो । पोखरा महानगरपालिकाका उपप्रमुख एवं कार्यक्रमका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले दुई छात्रालाई उपप्रमुखसंग महिला कार्यक्रम मार्फत छात्रबृत्ति उपलब्ध गराउने निर्णय भएको हो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं