युवराज खतिवडा अमेरिकका लागि राजदुत, मुख्यसचिवमा वैरागी

सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गरी वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत, आजै राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।