समाचार

अख्तियार पोखरा कार्यालयका २ जनामा संक्रमण

पोखरा महानगरपालिकाका ९ मा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ७७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३ जनामा संक्रमण पुष्टि भएको हो । नवलपरासीको कावासोती ६ का ३८ बर्षीय पुरुष देबचुली नगरपालिकाका वार्ड सचिव हुन् । पुरा पढौ

पोखरा जेसिजको रक्तदान ४८ युनिट रगत संकलन

पोखरा जेसिजको आयोजनामा भएको रक्तदानमा ४८ युनिट रगत संकलन भएको छ । विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना भाइरसको समयमा रगतको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । पोखरा जेसिज पोखरामा रक्तदान गर्ने पहिलो संस्थासमेत हो । सन् १९७५ मा स्थापित यस संस्थाले नै पोखरामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सामाजिक कार्यमा क्रियाशिल पोखरा जेसिजले रक्तदानसंगै सप्ताहव्यापी कार्यक्रमसमेत… पुरा पढौ

श्रीरामको पहलमा विशाललाई १ लाख १३ हजार सहयोग

कास्कीको मादी गाउँपालिका वडा ६ का विशाल पौडेललाई श्रीराम गौतमको पहलमा १ लाख १३ सहयोग सहयोग जुटेको छ । १४ वर्षीय विशाललाई विशालु करेत सर्पले टोकेको थियो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि स्वास्थ्य अवस्थामा सुधार आएन । उनलाई थप उपचारका लागि रिफर गरिए पनि परिवारको आर्थिक अवस्था दयनीय हुँदा उपचारका कठिनाई आएपछि गौतम आफैंले १० हजार प्रदान गरेका थिए । त्यसपछि उनको… पुरा पढौ

करणीको आरोपमा गाउँपालिका अध्यक्ष थुनामा

जबरजस्ती करणीको अभियोगमा रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले शुक्रबार यो आदेश गरेको हो । गाउँपालिकामै कार्यरत एक स्वास्थ्यकर्मीले खड्काले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । पुरा पढौ

पहिरोमा पुरिएका ३ को शव भेटियो

पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ३ महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, ८ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । पहिरोले घर पुरिँदा बेपत्ता भएका अन्य २ जनाको खोजी जारी रहेको प्रहरीको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी… पुरा पढौ

जेसिज सप्ताहमा पोखरा जेसीजको सप्ताहव्यापी कार्यक्रम

सामाजिक कार्यमा तल्लिन पोखरा जेसीजले आमामी असोज ११ गते देखि सप्ताहव्यापी ‘जेसिज सप्ताह–२०२०’ कार्यक्रम गर्ने भएको छ । असल समाजका लागि युवा नेतृत्व भन्ने मुल मन्त्रका साथ अघि बढ्दै पोखरा जेसिजले विभिन्न विषय मुलक सामाजिक कार्य गर्ने तयारी गरेको छ । विश्व कोरोना महामारीको चपेटामा परेको स्थितिमा समेत जेसीजले समाजमा सकरात्मक सुचना सम्प्रेषण गर्नका निम्ति साप्ताहिका कार्यक्रमको आयोजना गर्न लागेको हो । सो कार्यक्रम असोज ११ गते आइतवार देखि १७… पुरा पढौ

कालिका र माझठानाका स्कुललाई माक्स र साबुन

पोखरा २८ भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गर्दै वडाध्यक्ष निर्मल दियाली । तस्बिर :भीमपाणि बराल पोखरा महानगरपालिका वडा नं २८ ले आफ्नो वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीका कारण बन्द रहेका विद्यालयहरु खोलेर पठनपाठन गर्ने अवस्था बनाउन वडाले सहयोग गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाको सूचना अनुसार वडाध्यक्ष निर्मल दियालीले बिहीबार १० वटा विद्यालयलाई माक्स र साबुन… पुरा पढौ

विपन्न लेखबहादुरको परिवारलाई डेढ लाख सहयोग

भरतपोखरी विकास मञ्चको पहल एवम् समन्वयमा पोखरा महानगरपालिका वडा नं ३३ लप्सीकुनाका स्व. लेखबहादुर नेपालीका परिवारजनलाई लगभग एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । दुबै मृगौलाले काम नगरी असामयिक निधन भएका नेपालीको परिवारजनलाई मञ्चको पहल एवम् समन्वयमा हाल कुवेतमा रहेका हुमनाथ गिरीले एक लाख रुपैयाँ सहयोग गरेका हुन् । गिरीसहित युवा उद्यमी प्रकाश श्रेष्ठले २० हजार रुपैयाँ, प्रकाश गौतमले १० हजार रुपैयाँ सहित माछापुच्छ«े टोल विकास संस्था,… पुरा पढौ

कुसन र सजावट सामग्री बनाउने तालिम

पोखरा लेडी जेसीजद्वारा आयोजित जेसीज सप्ताह कार्यक्रम अन्तर्गत बुधबार अनलाइनबाट कुसन बनाउन र घरमा प्रयोगमा नआउने सामानबाट सजावटका सामग्री बनाउन सिकाइएको छ । प्रमिशा श्रेष्ठ र बिमला दवाडीले सहभागीलाई तालिम दिएका हुन् । पोखरा लेडी जेसीजका अध्यक्ष शोभा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ५ का वडा सदस्य हरिमाया विक, कार्यक्रम संयोजक चन्द्रावती गैरे, मिनु श्रेष्ठ कुँवर, सन्तु पौडेल, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष वसन्त केसी, सजना महत कर्माचार्य, शकुन्तला कोइराला,… पुरा पढौ

पोखरा वृद्धाश्रमको अध्यक्षमा कुशुमकेशव

पोखरा १७ सीतापाइलामा रहेको पोखरा वृ्द्धाश्रमको अध्यक्षमा कुशुमकेशव पराजुली निर्वाचित भएका छन् । वृद्धाश्रमको बुधबार भएको २४ औं साधारणसभा तथा अधिवेशनले कुशुमलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिएको हो । अघिल्लो समितिमा उपाध्यक्ष निर्वाचित कुशुम वृद्धाश्रममा तत्कालीन अध्यक्ष वसन्तकेशव पराजुलीको निधन भएपछि कार्यवाहक बनेका थिए । वृद्धाश्रमका पदाधिकारी र सदस्यमा पुरानैलाई निरन्तरता दिइएको छ । प्रदेश संसद कृष्ण थापाले साधारणसभा उद्घाटन गरे । उनले मानवीय कार्य र सेवामा तल्लीन वृद्धाश्रमलाई नागरिक स्तरबाट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं