श्रीरामको पहलमा विशाललाई १ लाख १३ हजार सहयोग

कास्कीको मादी गाउँपालिका वडा ६ का विशाल पौडेललाई श्रीराम गौतमको पहलमा १ लाख १३ सहयोग सहयोग जुटेको छ ।

१४ वर्षीय विशाललाई विशालु करेत सर्पले टोकेको थियो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि स्वास्थ्य अवस्थामा सुधार आएन । उनलाई थप उपचारका लागि रिफर गरिए पनि परिवारको आर्थिक अवस्था दयनीय हुँदा उपचारका कठिनाई आएपछि गौतम आफैंले १० हजार प्रदान गरेका थिए ।

त्यसपछि उनको पहलमा देश, विदेशमा रहेका मनकारीबाट यो रकम जम्मा भएको हो । कास्कीको पोखरा १९ घर भई अहिले बॉल्टिमोर, अमेरिकामा रहेका सन्तोष श्रेष्ठले विभिन्न व्यक्तित्वसँग समन्वय गरी ८ सय ५६ अमेरिकी डलर सहयोग संकलन गरेका थिए । उक्त रकम श्रीराम गौतमलाई अमेरिकाबाट आइएमइमार्फत् प्राप्त भएको थियो ।

विशालको उपचारका लागि पाकिस्तान घर भै बिगत ३० वर्ष देखी बॉल्टिमोर अमेरिका मा व्यवसाय गर्ने अर्फान राजाबाट १ सय डलर, भारत गुजरात घर भई बॉल्टिमोर बस्ने दीपिका बदसाराबाट १ सय डलर, पर्वत घर भई अमेरिकामा रहेका ईश्वर श्रेष्ठले ६१ डलर, श्रीलंका घर भई हाल बॉल्टिमोर बस्ने मञ्जुले ५० डलर, यमन घर भई हाल बॉल्टिमोर बस्ने अरिफले ५० डलर सहयोग गरेका छन् ।

यसैगरी, पर्वत घर भई हाल बॉल्टिमोर बस्ने अविनय श्रेष्ठले ४१ डलर, कमल सुवेदीले ४० डलर, विष्णु रसाइलीले ३५ डलर, बाल्टिमोर पुलिस डिपार्टमेन्टमा कार्यरत केचोले ३० डलर, कोहिनूर नेपाली रेस्टुरेन्टका सञ्चालक पासाङ शेर्पाले ३० डलर, वंगलादेशका जासिम खानले ३० डलर, कास्कीको माछापुच्छ«े गाउँपालिका घर भई बाल्टिमोरमा बस्ने होम नेपालीले ३० डलर सहयोग गरेका छन् ।

तनहुँका नेत्रनारायण रिजालले २५ डलर, सर्लाहीका दिनेश बस्नेतले २५ डलर, दाङका अनुप गौतमले २५ डलर, बाजुराका मनलाल जैसीले २५ डलर, कैलालीका शेरबहादुर बडुवालले २१ डलर, मोरङका रमेश दाहालले २१ डलर, संखुवासभाका सुनील लम्सालले २० डलर सहयोग गरेका छन् ।

सल्यानका शंकर ओलीले २० डलर, म्याग्दीका सञ्जय थापाले २० डलर, ग्वाटेमालाका मारिओसले २० डलर, सल्यानका राजन देवकोटा, पर्वतका अशोक प्रधानले १५ डलर सहयोग गरेका छन् ।

सहयोग रकम विशाललाई हस्तान्तरण गरिसकिएको छ । विपन्न्न किशोरलाई अप्ठेरो अवस्थामा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहयोग संकलनका समन्वयकर्ता गौतमले सहयोगदाता सबैलाई धन्यवाद दिएका छन् ।