पोखरा वृद्धाश्रमको अध्यक्षमा कुशुमकेशव

- २ वर्षभित्र वृद्धभक्ता ५ हजार पुग्छ : थापा

पोखरा १७ सीतापाइलामा रहेको पोखरा वृ्द्धाश्रमको अध्यक्षमा कुशुमकेशव पराजुली निर्वाचित भएका छन् ।

वृद्धाश्रमको बुधबार भएको २४ औं साधारणसभा तथा अधिवेशनले कुशुमलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिएको हो । अघिल्लो समितिमा उपाध्यक्ष निर्वाचित कुशुम वृद्धाश्रममा तत्कालीन अध्यक्ष वसन्तकेशव पराजुलीको निधन भएपछि कार्यवाहक बनेका थिए ।

वृद्धाश्रमका पदाधिकारी र सदस्यमा पुरानैलाई निरन्तरता दिइएको छ । प्रदेश संसद कृष्ण थापाले साधारणसभा उद्घाटन गरे । उनले मानवीय कार्य र सेवामा तल्लीन वृद्धाश्रमलाई नागरिक स्तरबाट र सरकारले समेत सघाउनुपर्नेमा जोड दिए ।

 थापाले दुई वर्ष भित्र बृद्धभत्ता पाँच हजार पुग्ने बताएका छन् । उनले सरकारले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा सहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए ।
विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितिका कारण यस वर्षमा बृद्धभत्तामा केही वृद्धि गरेपनि लक्ष्यमा पुग्न नसकेको उनको भनाई छ ।

पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले जीवनभरको सीप, श्रम र अनुभव समाजको समृद्धिमा लगाएका नागरिकलाई राज्यले उचित सम्मान र व्यवस्थापन गर्नुपर्ने बताए । पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले भगवान सरहका आमा बाबुलाई घरमै राखेर माया ममता प्रदान गर्नुपर्नेमा जोड दिंंदै समाजका विपन्न एवम् असहाय जेष्ठनागरिकका लागि बृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

वृद्धाश्रमका अध्यक्ष पराजुलीले आश्रम सञ्चालनको क्रममा विश्वव्यापी पैmलिएको कोरोना भाइरसको संक्रमणले प्रभावित बनाएको बताउँदै यस विषम परिस्थितीमा पनि सहयोगी दाताहरुको निरन्तर सहयोग प्राप्त भएको जानकारी दिए । आगामी दिनमा आश्रमको सु—सञ्चालनका लागि दिर्घकालीन सोचका साथ अघि बढिएको उल्लेख गर्दै उनले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

सेतीनदी माथिको प्राकृतिक पुल, सदा शिव हरिहर, सिताको पाईला, अकला मन्दिर लगायत प्राकृतिक तथा धार्मिक महत्व बोकेको यस स्थाललाई पर्यटकीय स्थलकोरुपमा विकास गरिनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेकपा १७ अध्यक्ष सभाष ढुङ्गाना, नेपाली कांग्रेसका सभापति देवराज आचार्य, जनता समाजवादीका टिकाराम पौडेल लगायतले असहाय जेष्ठनागरिकको सहयोगका लागि आश्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै यसको संरक्षण र विकासका लागि सवैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए ।

उक्त अवसरमा पोखरा १६ अर्मलाका फरक क्षमता भएका कृष्णप्रसाद भट्टराईले बृद्धाश्रमको निरन्तरताका लागि सञ्चालन गरिएको अक्षयकोषमा जम्मा हुने गरी रु.२५ हजार प्रदान गरेका छन् । कोषमा हालसम्म ६० लाख भन्दा बढी रकम संकलन भएको छ भने पाँच करोड पु¥याउने संस्थाले लक्ष्य लिएको छ ।

बिभिन्न जिल्लाका ५५ जना बृद्धवृद्धा तथा सेवक सेवीका कार्यतर रहेको वृद्धाश्रम सञ्चालनमा मासिक सात लाख ५० हजार रुपैया खर्च लाग्ने गरेको संस्थाका सचिव केशव लम्सालले जानकारी दिए ।

कार्यक्रममा कार्यवाहक कोषाध्यक्ष मनुमाया खत्रीले रु एक करोड ४४ लाख बरावरको बार्षिक आयव्यय तथा सहसचिव दीपक आचार्यले आश्रमको भावि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।