कुसन र सजावट सामग्री बनाउने तालिम

पोखरा लेडी जेसीजद्वारा आयोजित जेसीज सप्ताह कार्यक्रम अन्तर्गत बुधबार अनलाइनबाट कुसन बनाउन र घरमा प्रयोगमा नआउने सामानबाट सजावटका सामग्री बनाउन सिकाइएको छ ।

प्रमिशा श्रेष्ठ र बिमला दवाडीले सहभागीलाई तालिम दिएका हुन् ।

पोखरा लेडी जेसीजका अध्यक्ष शोभा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ५ का वडा सदस्य हरिमाया विक, कार्यक्रम संयोजक चन्द्रावती गैरे, मिनु श्रेष्ठ कुँवर, सन्तु पौडेल, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष वसन्त केसी, सजना महत कर्माचार्य, शकुन्तला कोइराला, समुन्नत नेपालका अध्यक्ष कोपिला बस्नेत, सचिव गायत्री फुयाँल, सभागी सुमित्रा कोइराला, सामुदायिक विकास क्षेत्रका उपाध्यक्ष सपना गिरी लगायतले बोलेका थिए ।

अनलाइन तािलममा टेक्निकल सपोर्ट रबिन पोखरेलले गरेका थिए ।