समाचार

पोखरा फुटबल रंगशालामा फ्लड लाइट

पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष ५ करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो । रङ्गशालाको काम तीन वर्षअघिदेखि सुरु भएकामा हाल अन्तिम चरणमा पुगेको छ । १ अर्ब २८ करोड लागतमा निर्माण सुरु भइरहेको रङ्गशालामा सुरुआतमा ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’ राख्ने योजना थिएन । अन्तर्राष्ट्रियस्तरका फुटबल… पुरा पढौ

पोखरा चेम्बरको अधिवेशन स्थगित

पोखरा चेम्बर अफ कमर्स कास्कीको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन स्थगित भएको छ । चेम्बरको शुक्रबार बसेको कार्यसमिति बैठकले साधारण सभा तथा अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव प्रेम सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड १९ को संक्रमण बढिरहेको अवस्थामा सभा, सम्मेलन तथा भेला गर्न रोक लगाएको छ । चेम्बरको गत साउन १५ गतेको कार्यसमिति बैठकले भदौ ५ गते शनिबार अधिवेशन गर्ने निर्णय गरेको थियो… पुरा पढौ

लायन्स मोडेल भिलेजलाई गण्डकी प्रदेश सरकारले सघाउने

पोखरा, १ भदौ । लायन्स डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स मोडेल भिलेज निर्माणमा गण्डकी प्रदेश सरकारले सघाउने भएको छ । डिष्ट्रिक्ट गर्भनर लायन विश्वेश्वर आचार्यले आज मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेलसगँ भेट गरी लायन्सले यो वर्ष विभिन्न १४ जिल्लाका १४ गाउँमा मोडेल भिलेज बनाउने अभियान सुरु गरेकाले सो कार्यमा सहकार्य गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए । सो अवसरमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले लायन्सका विभिन्न… पुरा पढौ

कस्तो होला तालिवानको नयाँ सरकार ?

झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तरराष्ट्रिय मामिलाका जानकारले आआफ्ना अनुमान सार्वजनिक गरिरहेका छन् । उनीहरुमध्ये अधिकांशले अफगानिस्तानमा फेरि पनि कट्टरपन्थी, रुढीवादी, अनुदारवादी र अलोकतान्त्रिक शासन व्यवस्था लागू हुने अनुमान गरेका छन् । हुन पनि सरिया कानुन लागु गर्ने मुख्य बाचाका साथ सुरु भएको तालिवान विद्रोहले टुङ्गोमा पुगेपछि… पुरा पढौ

थप ३,२७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९२९ जना निको भएका छन् ।… पुरा पढौ

राजेश थापा बने सर्वाेत्कृष्ट संगीतकार

यस वर्षको बोस्टर मिडिया सर्वोत्कृष्ट आधुनिक संगीतकार सम्मानबाट राजेश थापा सम्मानित भएका छन् । संगीतकार थापालाई शनिबार राजधानी काठमाडौंमा भएको समारोहमा सम्मान गरिएको हो । तेस्रो बोस्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१ बाट सुगम संगीततर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड उनले प्राप्त गरे । नेपाली सुगम संगीतमा २ दशकदेखि क्रियाशील संगीतकार राजेशलाई गजलकार डा ऋषि बस्ताकोटीको शब्द र गायक राज सिग्देलको आवाजमा रहेको थियौ तिमी दिलमा बोलको गजलका लागि सम्मान गरिएको हो । थापाले… पुरा पढौ

अध्यादेशबाट देउवालाई पनि पर्न सक्छ संकट

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली कांग्रेसलाई पनि संकट पर्न सक्छ । कांग्रेसका १३ जना सांसदले चाहे छुट्टै पार्टी दर्ता गर्न सक्छन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएपछि कुनै दलको केन्द्रीय समिति वा संघीय संसदका संसदीय दलका कम्तीमा २० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन । अहिले… पुरा पढौ

माधव नेपालसहित १४ सांसदमाथि एमालेको कारवाही

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको छ । प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक गरी १४ सांसदमाथि कारवाही गरेको एक नेताले जानकारी दिए । उनका अनुसार उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयला सूचना दिइएको छ । भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको छ । कारबाहीमा पर्नेमा वरिष्ठ नेता माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुईमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला… पुरा पढौ

एमाले ओली पक्षले केन्द्रीय सदस्यकाे संख्या बढायाे, ८ सांसदलाई कारवाहीकाे तयारी

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमालेले केन्द्रीय सदस्यको संख्या बढाएको छ । ओली पक्षले एमाले केन्द्रीय सदस्यीयको संख्या २६० रहेको सूची आयोगमा पठाएको हो । अग्नि खरेल र बाबुराम दाहालसहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ । यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्य रहेको एमालेमा मंगलबार थप नाम थपेर २६० सदस्य… पुरा पढौ

एमाले विभाजन सजिलो हुने गरी अध्यादेश ल्याउने संकेत !

सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेको छ । वर्तमान सरकार बनाउन भरथेग गरेको एमालेको माधव नेपाल समूहलाई पार्टी फुटाउन सजिलो बनाउने गरी अध्यादेश आउने चर्चा छ । अधिवेशन अन्त्य भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा छन् । अध्यादेशअघि नै कुनै न कुनै कदम चाल्ने ओलीको तयारी छ । संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत नभए दल विभाजन गर्न मिल्दैन । सोमबार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं