समाचार

नेकपा माओवादी केन्द्र द्वारा गलकोट नगरमा संगठन सुदृढिकरण तथा विस्तार :

नेकपा माओवादी केन्द्रले गलकोट नगरपालिकामा संगठन विस्तार, सुदृढिकरणको कार्यक्रमलाई तीव्रता दिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकता भएको करिब दुई वर्षमा पार्टी पुनः विभाजित भएपछि माओवादी केन्द्रले संगठनलाई बलियो, व्यवस्थित र प्रभावकारी बनाउन संगठन विस्तार गर्ने, देशमा भइरहेको केपी ओली प्रवृत्तिको अन्त्य गर्दै देशमा समृद्धी र सुशासनका निम्ति प्रदेश र स्थानीय तहसम्मका अराजकता र गलत क्रियाकलापको भण्डाफोर गर्दै प्रतिगमनकारी शक्तिलाई परास्त गर्न उक्त कार्य अगाडी… पुरा पढौ

चिनियाँ सहरबाट पोखरालाई २० लाखका स्वास्थ्य सामग्री

पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले पोखरा महानगरपालिका २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगर परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे । उपप्रमुख गुरुङले पोखरा महानगरले १३ वटा अन्तराष्ट्रिय सम्बन्धमध्ये ९ वटा चीनका विभिन्न शहरसँग भएको जानकारी दिइन् । २०७४ पौष २६ गते पोखरा महानगर र चीनकोनानिङ शहर बीचभगिनी… पुरा पढौ

पोखराका सम्पदा ठेक्कामा नदिन आदेश

पोखरा महानगरपालिकाले केही सम्पदा ४० वर्षका लागि ठेक्कामा दिन गरेको सम्झौता अघि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । आइतबार अदालतले ठेक्काअघि नबढाउन अन्तरिम आदेश दिएको हो । महानगरले सेती क्यानोनसँग सेती खोँच र पाताले छाँगो ठेक्का सम्झौता गरेको छ भने फेवा सिल्ट्रेसनसँग ड्यामको सम्झौता भएको थियो । तत्कालका लागि काम अघि नबढाउन आदेश भएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले बताए । पुरा पढौ

सुखी नेपाली, समृद्ध नेपाल घर घर पु¥याऔं : थापा

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले पार्टी विचार र सिद्धान्तका आधारमा अघि बढने बताएका छन् । नेकपा (एमाले) पोखरा १७ वडा कमिटि कार्यालयको आज डेमसाईडमा उद्घाटनसंगै पार्टी विस्तारीत बैठकमा बोल्दै उनले पार्टी निर्माणमा एकतावद्ध भएर जुट्न कार्यकर्तालाई निर्देशन दिए । निर्वाचित जनप्रतिनिधि र पार्टी बीचको सम्वन्ध पानी र माछा जस्तै हुनु पर्ने उल्लेख दिंदै उनले नेकपा एमालेले शुरु गरेको सुखी नेपाली, समृद्ध नेपालको… पुरा पढौ

शान्ति र केबीलाई कञ्चन पत्रकारिता पुरस्कार

नेपाल आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसमा पोखरामा २ पत्रकार पुरस्कृत भएका छन् । फोनिजको २२ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा मंगलबार पोखरामा आयोजित कार्यक्रममा पोखराकी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबी रानामगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । आदिवासी, जनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमा कलम चलाउने उनीहरुलाई जनही २५ हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरियो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मुख्यमन्त्रीका… पुरा पढौ

कम बिजुली चलाउने गरिबलाई अब बिजुली सित्तैमा

सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । धबार पत्रकार सम्मेलन गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले यस्तो जानकारी दिएकी हुन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको छ । ‘महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले त्यहाँ यो प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ । अब महिनामा २० युनिटमात्रै खपत गर्ने ग्राहकले डिमान्ड शुल्कमात्रै तिरे मुग्छ । अहिले डिमान्ड… पुरा पढौ

सर्वाेच्चले सोध्यो : महाकविको घर किन भत्काइयो ?

सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनु पर्नाको कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठान लगायतलाई आदेश दिएको छ । अधिवक्ता सञ्जय अधिकारीले पूरातात्विक महत्वको घर भत्काएको भन्दै दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले विपक्षीसँग लिखित जवाफ मागेको हो । रिट निवेदकले घर भत्काउन रोक लगाउन अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिएन । प्रज्ञा प्रतिष्ठानले मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको… पुरा पढौ

चुनौती स्वीकार्छु, निराश बनाउँदिनँ कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रूपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भने, ुयस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरौँ… पुरा पढौ

करेन्ट लागेर २ भजनेको मृत्यु

धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी… पुरा पढौ

लुम्बिनीमा कांग्रेस माओवादी मुख्यमन्त्रीमा भागबण्डा

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि बाँकी अवधि कांग्रेस र माओवादीले आधा आधा मुख्यमन्त्री चलाउने भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गरेका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका थिए । प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत आजको दोस्रो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं