एमाले ओली पक्षले केन्द्रीय सदस्यकाे संख्या बढायाे, ८ सांसदलाई कारवाहीकाे तयारी

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमालेले केन्द्रीय सदस्यको संख्या बढाएको छ । ओली पक्षले एमाले केन्द्रीय सदस्यीयको संख्या २६० रहेको सूची आयोगमा पठाएको हो ।

अग्नि खरेल र बाबुराम दाहालसहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्य रहेको एमालेमा मंगलबार थप नाम थपेर २६० सदस्य रहेको विवरण आयोगमा पठाएको हो । एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २६० सदस्यीय केन्द्रीय कमिटी बनाएको बुझिएको छ ।

यस्तै समानुपातिक ८ सांसदलाई पनि कारबाही गर्ने तयारी छ । यसअघि सोधिएको स्पष्टीकरणकै आधारमा उनीहरुलाई कारबाही गर्न लागिएको एक नेताले जानकारी दिए ।