राजेश थापा बने सर्वाेत्कृष्ट संगीतकार

यस वर्षको बोस्टर मिडिया सर्वोत्कृष्ट आधुनिक संगीतकार सम्मानबाट राजेश थापा सम्मानित भएका छन् । संगीतकार थापालाई शनिबार राजधानी काठमाडौंमा भएको समारोहमा सम्मान गरिएको हो ।

तेस्रो बोस्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१ बाट सुगम संगीततर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड उनले प्राप्त गरे । नेपाली सुगम संगीतमा २ दशकदेखि क्रियाशील संगीतकार राजेशलाई गजलकार डा ऋषि बस्ताकोटीको शब्द र गायक राज सिग्देलको आवाजमा रहेको थियौ तिमी दिलमा बोलको गजलका लागि सम्मान गरिएको हो ।

थापाले मन छुने शव्दमा संगीत गर्न पाएको र साधनाले खारिएका गायकसँग सहकार्य गर्न पाएकाले यो उत्कृष्ट सिर्जना सम्भव भएको बताए । उनले संगीत गरेका दर्जनांै एकल एल्बम, संयुक्त एल्बम र थुप्रै चर्चित गीत बजारमा आइसकेका छन् ।