नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको छ ।
प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक गरी १४ सांसदमाथि कारवाही गरेको एक नेताले जानकारी दिए । उनका अनुसार उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयला सूचना दिइएको छ । भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको छ ।
कारबाहीमा पर्नेमा वरिष्ठ नेता माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुईमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् ।
यता नेपाल पक्षले आज गरिएको निर्णय तत्काल फिर्ता लिन ओली पक्षलाई चेतावनी दिएको छ । मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णयहरु तत्काल फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको हो ।




