नेपालदूत , पोखरा
भाद्र ८ गते २०७८
पोखरामा नहरको पानीले बगाएर एक बालिका बेपत्ता भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर २६ बुढीबजार बस्ने ११ वर्षिया बालिका दीपशिखा भुजेल नहरको पानीले बगाएर बेपत्ता भएकी हुन् ।
कालिकाचोकको नहर नजिकै खेलिरहेकी उनी अचानक नहरमा खसेकी थिइन् । उनलाई नहरको पानीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।