पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई लेडी जेसीजको सहयाेग

पोखरा लेडी जेसीज द्वारा आयोजित जेसीज सप्ताह को तेस्रो मिति २०७८/०५/०६ गते पोखरा स्वास्थ्य प्रतिष्ठानमा बिरामी कुरुवा को लागि आबश्यक सामग्री बितरण कार्यक्रम हस्तान्तरण गरिएको छ ।

पोखरा लेडी जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा ज्यू को अध्यक्षता तथा बरिष्ठ चिकित्सक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष डा.भरत खत्री ज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न गरियो।, कार्यक्रममा अतिथिहरु समाज सेवी भानु ढकाल , नेपाल स्वास्थ्य कर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष नारायण बराल पोखरा लेडी जेसीज का पुर्व अध्यक्ष ज्यू हरु जेसी गिता सिग्देल,जेसी सन्तु पौडेल एबम जेसी सपना गिरी ज्युको उपस्थित रहेको थियो ।


कार्यक्रम को संयोजक जेसी बिनिता सुबेदी ले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रमका मुल संयोजक तथा पोखरा लेडी जेसीजका का. का. उपाध्यक्ष जेसी लक्ष्मी कुँवर ज्यूले सातै दिनको कार्यक्रम को बारेमा प्रकाश पार्नु भएको थियो।

जेसिज आस्था पाठ जेसि फुलमाया अधिकार ले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचीव सुमित्रा कोइरालाले गर्नु भएको थियो ।