बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ९ वोवाङमा एक व्यक्तिको हत्या भएको छ ।
ढोरपाटन नगरपालिका वडा नम्बर ९ भूजि बस्ने ५१ वर्षिय छविलाल विश्वकर्माको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा जङ्गलमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभयो ।
भाद्र ७ गते शोमबार मृतकको शव जङ्गलमा भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेको थिय । खवर पाएलगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तको कमाण्डमा घटनास्थलमा पुगेको प्रहरीले स्थलगत अनुसन्धान गर्दा हत्या भदौ २ गते राति भएको बुझिएको छ । आरोपी ३ जनाले स्थानीयलाई घटनाको बारेमा कुरा गरेको प्रहरीले बताएको छ ।
शवलाई मंगलबार पोस्टमार्टम गरि आफन्तलाई वुझाएको निरिक्षक वन्तले बताउनुभयो ।
प्रारम्भिक अनुसन्धान गर्दा हत्याको आरोपमा स्थानीय ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सोही स्थानमा बस्ने २९ बर्षिय महिला र ३८ , ५८ बर्षिय २ पुरुषलाई नियन्त्रण लिइएको प्रहरीले बताएको छ ।
प्रहरी नियन्त्रणमा रहेका आरोपिहरुले दिएको बयान अनुसार, उनीहरु विच आरोपि महिला सँगको अनैतिक सम्बन्धको विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता प्रहरी निरीक्षक बिजय भण्डारीले बताउनुभयो ।
हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी घटनाको बारेमा थप अनुसन्धान भइरहेको निरिक्षक भण्डारिले बताउनुभयो ।






