समाचार

रूकुम पूर्वबाट चुनाव लड्छुः प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू पूर्वी रूकुमबाट चुनाव लड्ने करिब निश्चित भएको बताएका छन्। पश्चिम रूकुममा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफू रूकुमबाट चुनाव लड्ने निश्चितजस्तै भएको घोषणा गरेका हुन्। 'हुनसक्छ म अहिलेको चुनाव म रूकुमैबाट लड्छु। त्यो यही रूकुम भन्ने नठान्नुहोला। पूर्वी रूकुम आउने करिब निश्चित भएको छ,' उनले भने, 'म पूर्वी रूकुम आउने भनेको पश्चिम रूकुम पनि आउने नै हो।' पुरा पढौ

लोककविकी नातिनी सांसद बन्ने यात्रामा

पोखरा–१३ को मियाँपाटन भन्नेबित्तिकै हरकोहीले सम्झन्छः लोककवि अली मियाँ । लोककविको निधनपछि उनको योगदान र कृतिलाई सर्वसाधारणसम्म लैजान अली मियाँ लोक वाङ्मय प्रतिष्ठान क्रियाशील छ । यही मियाँपाटनमा जन्मे, हुर्केकी लोककविकी नातिनी समिउन निशा भने यसपालि जनप्रतिनिधि बन्ने लक्ष्यमा छिन् । सामुदायिक स्वास्थ्य, महिला तथा बालबालिकाको हित, विपद् व्यवस्थापन र सामाजिक न्यायका लागि एक दशकभन्दा लामो समयदेखि क्रियाशील निशा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पोखरा १३ को वडा सभापतिसमेत हुन् ।… पुरा पढौ

जनताको पीडा सिंहदरबार पुर्‍याउँछु: झविलाल

देशभर चुनावी माहोल छ । नयाँ र पुराना दुवै खालका पार्टीहरु चुनावको तयारीमा छन् । युवा व्यवसायी एवं समाजसेवी झविलाल डुम्रे पनि यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्याङ्जा २ मा उम्मेदवार बन्न चाहन्छन् । रास्वपा केन्द्रीय संगठन विभाग सदस्यसमेत रहेका डुम्रे विभिन्न एजेन्डासहित स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवारका आकांक्षी बनेका हुन् । स्याङजाको वालिङ–१४, छोरेखर्क स्थायी घर भएका ३२ वर्षीय डुम्रे युवाको आकांक्षा सम्बोधन गर्नु मुख्य एजेन्डा भएको बताउँछन्… पुरा पढौ

मिलेनियम ट्रेकमा पाइने सबै चराको जानकारी पुस्तकमा

तनहुँको दुलेगाँैडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर्यटन बोर्डको प्रवर्धन एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजनमा पोखरा पंक्षी समाजले उक्त पुस्तक प्रकाशन गरेको हो । चराको पहिचान तथा तथ्याङ्क सङ्कलनका लागि उक्त क्षेत्रमा स्थलगत रुपमा दुुई वर्षको अन्तरालमा विभिन्न चार चरणमा पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे र सचिव हेमन्त ढकालले गरकेो स्थलगत रुपमा अध्ययन अनुसन्धानपछि पुस्तक प्रकाशन गरिएको… पुरा पढौ

ओली काठमाडौैबाहिर र विदेश जान पाउने

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो । आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही… पुरा पढौ

निरुताका २ छोरा र १ छोरीले एकै पटक आमाको नामबाट नागरिकता पाए

जिल्ला प्रशासन कार्यालय कास्कीले आमाको नामबाट एकैपटक तीन जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । अन्नपूर्ण गाउँपालिका–८ की निरुता नेपालीका दुई छोरा सुजन र दिनेश तथा छोरी सुस्मिताले आइतबार नागरिकता पाएका हुन् । गत मङ्सिर १२ गते अन्नपूर्ण गाउँपालिकामा आयोजित स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रियाका क्रममा निरुता नेपालीले आफ्ना सन्तानको जन्मदर्ता प्रमाणपत्र नपाएको गुनासो प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासमक्ष राखेकी थिइन् । त्यसपछि… पुरा पढौ

ढुंगेसाँघु पर्यटनमा लेखराज भण्डारीको नेतृत्व

ढुंगेसाँघु पर्यटन स्थल संरक्षण समिति पोखरा १७ कास्कीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले लेखराज भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्षमा इशारा थापा मगर, सचिव अनिसा गिरी र कोषाध्यक्षमा सन्तुमाया श्रेष्ठ छन् । अधिवेशनबाट लोकराज कोइराला, मुक्ति भण्डारी, तेजबहादुर थापामगर, मिना श्रेष्ठ र मनबहादुर मोक्तान सदस्य चयन भए । कार्यक्रममा वडा सदस्य शिवराम भण्डारीले पर्यटन क्षेत्रको विकासबाटै पोखराको विकास सम्भव भएकाले स्थानीय रुपमा पनि पर्यटनमैत्री संरचना… पुरा पढौ

विदेशबाट पढ्न नेपाल आउने वातावरण बनाउनुपर्छ : मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले रोजगारको अवसर सृजना गरी आत्मनिर्भर बनाउनको लागी गण्डकी प्रदेश सरकारले सिप विकास तालिम केन्द्र सँगको समन्वयमा विभिन्न १२ प्रकारका तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो । शनिवार स्वतन्त्र शैक्षिक परामर्श सङ्घ गण्डकी प्रदेशको सातौँ साधारण सभाको उद्धघाटान गर्दै मन्त्री थापाले अध्ययनका लागी विदेश जाने मात्र नभई विदेश बाट अध्ययन गर्न नेपाल आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालको रमणीय प्राकृतिक बातावरण तथा… पुरा पढौ

गुप्तेश्वर क्याम्पस- द्रब्यशाह क्याम्पसबिच सहकार्य

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र द्रब्यशाह बहुमुखी क्याम्पस, गोर्खा विच सहकार्य सम्बन्धी सम्झौता भएको छ । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा भएको उक्त सम्झौतामा दुवै क्याम्पस विच अनुसन्धानको क्षेत्र, गुणस्तरी शिक्षा, असल अभ्यासको कार्यान्वयन, विभिन्न गोष्ठि तथा तालिमको आयोजना सम्बन्धी सहकार्य गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट अध्यक्ष श्रीराम सुवेदी र क्याम्पस प्रमुख धर्मराज बराल साथै द्रब्यशाखा बहुमुखी क्याम्पसको तर्फबाट उपाध्यक्ष मोहन प्रसाद पोख्रेल… पुरा पढौ

इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीको सभा, बाइक र स्कुटर विजेता छानिए

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीको २५ औं वार्षिक साधारण सभा तथा प्रथम चाडपर्व उपहार योजना २०८२ को उपहार सार्वजनिक कार्यक्रम शनिबार भएको छ । कार्यक्रममा एमआई नेपालका कार्यकारी प्रमुख सञ्जय अग्रवालले व्यवसायीहरु पहिले नेपाली नागरिक भएको स्मरण गराउँदै मुलुकको हितलाई सर्वोपरी राखेर व्यवसाय गर्नुपर्नेमा जोड दिए । राज्यसँग लिनुपर्ने विषयबारे संवाद र छलफलबाट समाधान हुनुपर्ने उल्लेख गर्दै उनले व्यवसायीलाई निरुत्साहित गर्ने वातावरण अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने विचार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं