करणको योजनाः लेक सर्किट–स्याटलाइट सिटी

कास्की क्षेत्र नम्बर १ मा आउँदै गरेको निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा छ । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी गुरुङ(करण) योजनावद्ध र व्यवहारिक घोषणापत्रसहित मैदानमा छन् । कास्की १ का लागि अहिलेका मुख्य प्रतिस्पर्धी नेकपाका करणसँगै नेपाली कांग्रेसका तिलक रानाभाट, एमालेका बैनबहादुर अधिकारी क्षेत्र र रास्वपाका गनेस पौडेल सबै नयाँ हुन् ।

अरु उम्मेदवार चुनावी प्रतिवद्धता र घोषणापत्र लिएर मत माग्न जाँदा करण भने विगतमा गरेका कामको फेहरिस्त लिएर मतदातामाझ छन् । नेकपा नेता वर्षमान पुन अर्थमन्त्री भएका बेला उनको सचिवालयमा रहेका करणको अग्रसरतामा कास्की १ मा ३७ करोड जतिका योजना परेका थिए ।

त्यसो त कास्कीमा करणले जित निकाल्दा यहाँ पार्टीले जितको ह्याट्रिक गर्ने छ । २०६४ र २०६५ मा जितेको पार्टीले अहिले जित निकाले उनी त्यसका हकदार बन्नेछन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायत २६ राजनैतिक समूह एकीकरण भई बनेको नेकपाका उम्मेदवार करणले पहिलो संविधानसभा सदस्य हुँदा कास्कीमा पृथक पहिचान बनाएका थिए ।

अरु उम्मेदवार चुनावी प्रतिवद्धता र घोषणापत्र लिएर मत माग्न जाँदा करण भने विगतमा गरेका कामको फेहरिस्त लिएर मतदातामाझ छन्

अरु दल र पृथक विचारका मानिसहरुसँग पनि सद्भावपूर्ण सम्बन्ध राख्न सक्ने उनी कास्कीको पर्यटन, कृषि, हाइड्रो पावर, शिक्षा, स्वास्थ्य लगायत विकास निर्माणसँग सम्बन्धित विषयमा प्रत्यक्ष रुपमा जोडिदै आएका छन् । संविधान जारी हुँदा उठाईएका मुद्दाहरु प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सुशासन, सामाजिक न्याय र समृद्धिका विषयहरु अहिलेका मुख्य एजेन्डा बनेकाले ती एजेन्डालाई स्थापित गर्न र व्यवहारमा रुपान्तरण गर्ने नेकपाको नेतृत्व चाहिने उनको भनाइ छ ।

‘आजको नवयुवाहरुले उठाएका आन्दोलनका मुख्य विषयहरु हुन् । उपर्युक्त विषयहरुलाई संघीय संसदमार्फत नीति निर्माण गरी आन्दोलनका मुद्दाहरुलाई स्थापित गर्दै लैजाने नै मेरो प्रमुख उद्देश्य हुनेछ,’ करणले भने । पुष्पलाल लोकमार्गको आसपासमा रहेका क्षेत्रहरुलाई सुविधा सम्पन्न आधुनिक स्याटलाईट सिटीका रुपमा विकास गर्ने योजना बनाएका उनी ‘मादी करिडोर’मा जलविद्युत निर्माणको कार्यलाई थप तीव्रता दिदै ग्रामीण विद्युतीकरणको विस्तार गर्दै जलविद्युत निर्माणको स्वामित्व स्थानीयवासीसम्म पु¥याउने वातावरण मिलाउन लाग्ने वाचा गर्छन् ।

शिक्षाको धरोहरका रुपमा कास्की क्षेत्र नम्बर १ मा रहेका पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लगायतका शैक्षिक संस्थाहरुको सेवा र पहुँचलाई यस क्षेत्रका समुदायसम्म जोड्नका लागि आवश्यक पहल गर्ने उनको प्रतिवद्धतापत्रमा उल्लेख छ । सामुदायिक क्याम्पसहरुको आर्थिक दिगोपना, स्तरउन्नति र शैक्षिक गुणस्तर वृद्धिमा अधिकतम पहल गर्ने वाचा गर्दै उनी प्राविधिक र व्यवसायिक शिक्षा आजको आवश्यकता भएकाले गण्डकी प्राविधिक महाविद्यालय, व्यवसायिक तालिम केन्द्र लगायत प्राविधिक धारका शिक्षालयको विकास र विस्तारका लागि योजना बनाउने वाचा गर्छन् ।

रूपा गाउँपालिकालाई ‘अर्गानिक उत्पादन जोन’का रुपमा विकास गर्ने, सेरेना जातको मौरीको व्यवसायिक पालनमा जोड दिँदै कृषकको समृद्धिको सपनालाई साकार पार्ने लाग्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ । मादी नदी आसपासको जलाधार क्षेत्रमा मत्स्य विकास केन्द्रको पहलमा असला माछा उत्पादन गर्ने त्यसमा उल्लेख छ ।

लेखनाथ क्षेत्रमा रहेका सात तालहरुको ‘लेक सर्किट’ निर्माणदेखि ‘सबै पर्यटकलाई सबै ताल’ नीतिमार्फत उद्यमशिलता अभिवृद्धि गर्ने योजना

रुपा र मादी गाउँपालिकालाई अर्गानिक कृषि र जडिबुटी उत्पादनको हब बनाउँदै ‘मादी करिडोर’मा साहसिक खेलको विकास गर्ने योजना नेकपाको छ । पोखराको विजयपुर टाईगर टप हुँदै बनेको रोयल टे«क, टोनी हेगन ट्रेक, शान्ति पदमार्ग लगायतका विभिन्न टे«किङ रुटको विकास र प्रवद्र्धन गर्ने उनको प्रतीज्ञा छ । कवि शिरोमणि सृजना ग्राम स्थापना गरी साहित्य र संस्कृतिको संग्राहलयको रुपमा विकास गर्ने र गुरुङ्ग समुदायको ऐतिहासिक थलो ‘क्व्होलसोथार’को ऐतिहासिकता पहिचान गरी विश्व सम्पदा सूचिमा सूचीकृत गर्न पहल करण सुनाउँछन् ।

यस क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक, मुश्लिम समुदायको उत्थान र विकासको लागि आवश्यक नीति निर्माणमा जोड दिइने प्रतिवद्धता उनको छ । लेखनाथ क्षेत्रमा रहेका सात तालहरुको ‘लेक सर्किट’ निर्माणदेखि ‘सबै पर्यटकलाई सबै ताल’ नीतिमार्फत उद्यमशिलता अभिवृद्धि गर्ने योजना छ । युवा उद्यमशिलता तथा स्टार्टअप हब स्थापनामा जोड दिदै कास्कीलाई हरित आर्थिक करिडोरको रुपमा विकास गरी युवा जनशक्ति तथा रिर्टनी वर्करलाई स्वदेशमानै रोजगारीको लागि प्राविधिक ज्ञान र सीपको माध्यमद्वारा उद्यमशिलता विकास कार्यमा बैंक लिङ्गकेज कार्यक्रम संचालनको नीति तर्जुमा गर्ने उनको वाचा छ ।

असहाय, जोखिममा परेका बालबालिका, शहीद परिवार, बेपत्ता परिवार, अपांग एवं घाइते, भूमिहीन, सुकुम्बासी, मजदुर, विपन्न एवं सिमान्तकृत वर्गका मानिसलाई आवास, रोजगारी र जीविकोपार्जनको व्यवस्थाका लागि विशेष पहल लिँदै राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणमा आधारित एक्काइसौँ शताब्दी अनुरुपको समाजवाद निर्माणका आधारहरु तयार पार्ने उनको योजना छ । करण भन्छन्, ‘यी प्रतिबद्धता ‘भाषणका लागि होइनन्, कार्यान्वयनका लागि हुन् । निर्वाचन लोकतन्त्रको सौन्दर्य हो । निर्वाचनको परिणाम जस्तोसुकै आए पनि म मेरा प्रतिबद्धताबाट टाढा हुने छैन । जनतासँगै हुनेछु ।’