समाचार

गगन नेतृत्वको कांग्रेसलाई नाम र चुनावचिह्न

निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा… पुरा पढौ

मिथ्या र भ्रमपूर्ण सूचना चिन्ने र असर कम गर्ने उपाय खोजी

पोखरामा बुधबार भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना कसरी चिन्ने, कसरी त्यस्ता सूचना कम गर्नेदेखि त्यसका प्रभावबारे छलफल भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीको आयोजनामा भएको ‘भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचनासम्बन्धी सरोकारवालाबीच सचेतना तथा अन्तरक्रिया’मा यस्ता सूचनाको स्रोत, फैलिनुका कारणदेखि निवारणका उपायसम्मको खोजी गरियो । कार्यmत्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना आजको समाज र विशेषगरी युवा पुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको… पुरा पढौ

एक पटकको हुक्का सेवन १०० चुरोट सेवन बराबर !

तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन । यदि त्यो हो भने सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सर जस्तो घातक रोगको सुरुआती चरण बन्न सक्छ । राष्ट्रिय स्वास्थ शिक्षा तथा सूचना केन्द्रका स्वास्थ्य प्रवर्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख उपेन्द्र ढुंगानाले युवामाझ हुक्का खाने प्रचलन बढ्दै गएको बताए ।… पुरा पढौ

पोखरा विद्युत् प्राधिकरणका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रमा कार्यरत तत्कालीन केन्द्र प्रमुखसहित चार जनाविरुद्ध सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। प्राधिकरणको पोखरा वितरण केन्द्रअन्तर्गत कोत्रे पोल प्लान्टमा रहेको भण्डारबाट ९०० मिटरभन्दा बढी तामाको तार हराएको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा १३ लाख ९३ हजार ६०३ रुपैयाँ ३ पैसा बराबरको क्षति पुगेको पुष्टि भएपछि आयोगले मुद्दा चलाउने निर्णय गरेको हो। अनुसन्धानका क्रममा भण्डारबाट… पुरा पढौ

पोखरा बहुमुखी प्राध्यापक संघको बधाई

पोखरा बहुमुखी क्याम्पस प्राध्यापक संघले क्याम्पसको हालै सम्पन्न आठौं अधिवेशनबाट निर्वाचित नयाँ संचालन समितिका पदाधिकारीहरुलाइ बधाइसहित शुभकामना दिएको छ । शुक्रबार क्याम्पसमा एक विशेष कार्यक्रमको आयोजना गरि संघले नवनिर्वाचित संचालन समतिलाइ बधाइ तथा शुभकामना व्यक्त गरेको हो । केहि दिन अघि क्याम्पसको ३९ औं साधरणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले शिक्षासेवि शंकर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।यसैबिच उक्त कार्यक्रममा बोल्दै क्याम्पसका पुर्व सल्लाहकार प्रा।डा।… पुरा पढौ

तयारी सकियो, पोखरा महोत्सव २९ गतेबाट

युनाइटेड क्लबको आयोजनामा हुन लागेको १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । यसपालिको महोत्सव पुस २९ देखि माघ ११ गतेसम्म अमरसिंह चौरमा हुँदै छ । महोत्सवमा २ सय ५० स्टल रहने छन् भने साढे २ लाखले अवलोकन गर्ने कार्यक्रम संयोजक दिनेश सुनारले बताए । महोत्सवमा टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ स्थापना भएको… पुरा पढौ

पोखरा महोत्सवमा सुरक्षा निकाय र आयोजक मिलेर चुस्त सुरक्षा व्यवस्था

पोखरा महोत्सवको १४ औं संस्करणमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसिटिभी क्यामेराको निगरानीबाट सुरक्षा प्रदान गरिने भएको हो । कास्कीका सुरक्षा निकायका प्रतिनिधी र महोत्सव आयोजक बिचको बैठकले महोत्सवमा भइपरी हुन सक्ने घटनालाई मध्येनजर गरी महोत्सव स्थलको सुरक्षालाई चुस्त बनाउने निर्णय गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी… पुरा पढौ

कास्कीमा राहदानीबाट ६ महिनामा ३ करोड राजस्व

जिल्ला प्रशासन कार्यालय कास्कीले यो आर्थिक वर्षको करिब छ महिनामा राहदानीवापत तीन करोड पाँच लाख तीन सय राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुस २० गतेभित्र पाँच हजार आठ सय ४६ जनाले राहदानीका लागि कास्कीबाट आवेदन गर्दा यो राजस्व जम्मा भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सङ्घ, संस्था दर्ताबाट छ लाख ३० हजार पाँच सय ७०, हातहतियार नवीकरणबाट नौ लाख ८८ हजार एक सय २५, न्यायिक दण्ड,… पुरा पढौ

पोखरा महोत्सवलाई संघ, संस्थाको साथ

पोखरा महोत्सवको १४ औं संस्करणलाई पोखराका विभिन्न संघ, संस्थाले साथ दिने भएका छन । यही पुस २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा हुने महोत्सवमा विभिन्न संघ, झाँकी तथा ¥यालीमा सहभागी गराएर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । महोत्सव आयोजक युनाइटेड क्लबले आयोजना गरेको कार्यक्रममा सहभागी उनीहरुले पोखरा महोत्सवको आयोजना गरी क्लबले सामाजिक काम गर्ने भएकाले आफूहरुको पनि साथ रहने जनाए । क्लबका पूर्वअध्यक्ष तथा १४ औं पोखरा… पुरा पढौ

नेकपा नेताले कुलमानलाई भनेः घर फर्किनुस्, प्रधानमन्त्री बनाउँछौँ

नेपाली कम्युनिस्ट पार्टी नेता सरल सहयात्री पौडेलले कुलमान घिसिङलाई घर फर्किन आग्रह गरेका छन्। कुलमानले रास्वपासँगको सहयात्रा तोडेलगत्तै नेकपाका संयोजक प्रचण्डसँग नजिक रहेका नेताले पौडेलले प्रधानमन्त्री आफ्नो पार्टीले बनाउने बताएका छन्। उनले भनेका छन्, ‘कुलमानजी, सद्भावका साथ तपाईँलाई अनुरोध छ आफ्नो घर फर्कनुहोस् । आत्मकेन्द्रित अहङ्कार त्यागेर प्रतिबद्धतामा खडा भए तपाईँलाई प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टी र कमरेड प्रचण्डले नै बनाउनुहुन्छ ।’ नेपाली कम्युनिस्ट पार्टी संघियता, समानुपातिक, समावेशिता एवं धर्मनिरपेक्षता र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं