समाचार

प्रधानमन्त्रीलाई केही प्रश्न

हाम्री सम्माननीय तर मूर्ख प्रधानमन्त्रीज्यूको नाममा ! जाँदाजाँदै गर्न लागेका केहि नियुक्तिलाइ लिएर प्रधानमन्त्रीको आलोचना हुनु एकदम स्वाभाविक छ। तर उहाँसँग सम्बन्धित अरु कुरा पनि छ । चुनाव गराउन सफल हुनु भो, हाम्रो सम्मान छ । तर हिजोको अन्तर्वार्ताका अनुसार कुनै दिन उहाँ बोल्दाबोल्दै एउटो आफ्नै मातहतको आइजिपीले हप्काएको रहेछ उहाँलाइ । एउटा सामान्य आइजिपीले आन्दोलनको रापताप नसकिँदै बनेको शक्तिशालि सरकारको उहाँजस्तो प्रधानमन्त्रीलाइ किन हप्कायो होला भन्ने कुरा सोचनीय छ… पुरा पढौ

झलकराम, देवेन्द्र र रवीन्द्रलाई मुद्दा

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । घुस÷रिसवत लिई सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा तीनै जनाविरुद्ध अख्तियारले आइतबार आरोपपत्र दायर गरेको हो । झलकरामले एचके इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावटसम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्वन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरण गर्दा यसका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बाट ७० लाख लिएको आरोप छ । अधिकारीले विकास चापागाई, देवेन्द्र के.सी,… पुरा पढौ

राप्रपाले छान्यो ४ सांसद

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका चार जना उम्मेदवारको नाम टुंगो लगाएको छ। पार्टीले पाएको चार सिटका लागि भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामालाई सिफारिस गरेको छ। उनीहरूलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । राप्रपाले प्रत्यक्षमा एक सिटमात्र जितेको छ । पुरा पढौ

एलपी ग्याँस अभाव, लुकाउने भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना

जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यास लुकाउने एक डिलरलाई ५० हजार जरिवाना गरेको छ । प्रशानले शनिबार गरेको अनुगमनका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ६, जरेबरमा रहेको भण्डारी ट्रेडर्समा ४८ वटा ग्यास सिलिण्डर लुकाएको फेला परेको थियो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले ग्यास लुकाएर कृत्रिम अभाव बनाएकाले ५० हजार जरिवाना गरिएको जानकारी दिनुभयो । “ग्यास लुकाएर कृत्रिम अभाव बनाएकाले जरिवाना गरेका छौँ, यहाँ एउटा सिलिण्डरबाट अर्को… पुरा पढौ

‘व्यवसायमा समस्या भो, क्लिनिक जानुस्’

उद्यम, व्यवसाय चलाउन योजना निर्माण, अवधारणा तयार, बजारको खोजी, प्रचारप्रसार, जनशक्ति व्यवस्थापन, पुँजीको जोहो, दैनिक प्रशासन सञ्चालन जस्ता अनेक पक्षमा ध्यान दिनुपर्छ । उद्यम वा व्यवसाय स्थापना गर्नुअघि योजनावद्ध काम गर्न र गरिसकेपछि आएका सङ्कट सुल्झाउने निकायहरु छैनन् । त्यसो हुँदा कतिपय उद्यमी, व्यवसायी समस्या झेल्न बाध्य छन् । यसको समाधान गर्ने प्रयास पोखरामा सुरु भएको छ । व्यवसायीका समस्याको उपचार खोज्ने उद्देश्यले पोखरामा उद्यम क्लिनिक सञ्चालनमा आएको छ ।… पुरा पढौ

राष्ट्रिय हेमजा आलु महोत्सव चैत २७ देखि

आलु गाउँका रूपमा ख्याति कमाएको कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको छ । महोत्सव पोखरा २५ हेमजाको विष्णु पादुका खेलमैदान हेमजामा हुने छ । शनिवार आयोजित आम भेलाले वसन्त कुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको… पुरा पढौ

गेमिङमा अमन पहिलो, राजन दोस्रो

नेपालमा काठमाडौंबाहिर पाहिलो पटक बिहीबार पोखरामा आयोजित आरओजी सटडाउन सेरिज प्रतियोगितामा अमन गुरुङ प्रथम बनेका छन् । नागमणि प्रालि र आसुसको सहयोगमा जेनेक्स अटोमेसनमा भएको प्रतियोगितामा दोस्रो राजन लामा बने । गुरुङ र लामालाई क्रमशः २० हजार र १० हजार नगदसहित उपहार प्रदान गरियो । उनीहरुलाई जेनेक्सका सञ्चालक नवीन पौडेल, कल्पना कार्की, आसुस नेपालको तर्फबाट सुरेश रौनियार लगायतले पुस्तकार प्रदान गरे । कार्यक्रम सञ्चालन भानु लम्सालले गरेका थिए । पोखराका… पुरा पढौ

जेनेक्समा २८ गते गेमिङ प्रतियोगिता

पोखरा, २७ फागुनपोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ । आरओजी सटडाउन सेरिज नामक विशेष प्रतियोगिता पोखराको जेनेक्स प्लाजामा बिहीबार हुन लागेको हो । नागमणि प्रालि र आसुसको सहयोगमा हुन लागेको प्रतियोगितामा लोकप्रिय फुटबल भिडियो गेम इएएफसी २६ मा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।सहभागीबीच रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको जेनेक्स अटोमेसनका सञ्चालक नवीन पौडेलले बताए । प्रतियोगितामा पहिलो बन्ने खेलाडीले २० हजार र दोस्रो… पुरा पढौ

पृथ्वीसुब्बा पराजित, रास्वपाको धर्मराजको जित

लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरूङ पराजित भएका छन् । रास्वपाका धर्मराज केसीसंग १७ हजार २२ मतले उनी पराजित भएका हुन् । केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत मात्र पाए । कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४६० मत खसेको थियो । जसमध्ये ७३ हजार १० मत सदर भएको थियो । पुरा पढौ

भीम रावललाई हराउँदै कांग्रेसका स्वाँर विजयी

अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी हुनुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावललाई ५२८ मतान्तरले पराजित गर्दै जित निकाल्नुभएको हो । निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार भरतकुमार स्वाँरले १० हजार ७५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी भीमबहादुर रावलले १० हजार २३० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा ९एमाले० का उम्मेदवार दीपकबहादुर साउदले ७ हजार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं