समाचार

नवौं पटक सांसद बन्ने दौडमा पृथ्वीसुब्बा

नेपालको संसदीय राजनीतिमा लामो समयदेखि निरन्तर निर्वाचनमा भाग लिँदै आएका नेतामध्ये पृथ्वीसुब्बा गुरुङ अग्रपंक्तिमा पर्छन्। उनले २०४३ सालदेखि हालसम्म भएका सबै संसदीय निर्वाचनमा उम्मेदवारी दर्ता गराउँदै आएका छन्। राजनीतिक यात्राको सुरुआत उनले २०४३ सालमा लमजुङ क्षेत्र–२ बाट जनपक्षीय उम्मेदवारका रूपमा गरेका थिए। २०४८ सालको निर्वाचनमा उनी नेकपा ९माले० को तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार बने पनि पराजित भए। त्यसपछि २०५१ र २०५६ सालका निर्वाचनमा पनि गुरुङ लमजुङ क्षेत्र–२ बाटै प्रतिस्पर्धामा उत्रिए,… पुरा पढौ

धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार

पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना सम्मानीत हुन लागेका हुन् । नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ थिए । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता… पुरा पढौ

कास्की १ मा राजकाजी, २ मा किरण र ३ मा प्रेमलाई टिकट

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्कीमा तीन वटै क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट राजकाजी गुरुङ (करन), क्षेत्र नम्बर २ बाट हेमबहादुर थापा पराजुली (किरण थापा) र क्षेत्र नम्बर ३ बाट प्रेम पौडेलले टिकट पाएका छन्। गुरुङ पहिलो संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यसयता दोस्रो संविधानसभामा पर्वत र पहिलो प्रदेशसभा निर्वाचनमा कास्की २ (२)बाट उम्मेदवार भए पनि… पुरा पढौ

ओखलढुंगामा यज्ञराजलाइ रोकेर अस्मितालाई एमालेको टिकट

नेकपा (एमाले) ले ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अनेरास्ववियुबाट राजनीति थालेकी थापा ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन्।शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकले थापालाई टिकट दिने निर्णय गरेको हो। उनी यसअघि एमाले महाधिवेशन प्रतिनिधि समेत दोस्रोपटक चयन भएकी थिइन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडासँग पराजित भएका यज्ञराज सुनुवार यसपटक पनि टिकटका बलिया दाबेदार मानिएका थिए। सुनुवार एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी… पुरा पढौ

नेकपाबाट पर्वतमा मनहरि उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पर्वतमा मनहरि तिमल्सिनालाई उम्मेदवार बनाएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले तिमल्सिनालाई टिकट दिएका हुन्। नेकपा केन्द्रीय सदस्यसमेत रहेका तिमिल्सिनाले प्रचण्डको सचिवालयमा बसेर पनि काम गरेका थिए । माक्र्सवादी लेखक, चिन्तकसमेत रहेका तिमिल्सिनाका दर्जन जति कृति प्रकाशित छन् । पहिलोपटक संसदीय निर्वाचन लड्न लागेका तिमिल्सिनाको प्रतिस्पर्धा एमालेका पदम गिरी हुने पक्का भएको छ । जिल्लामा कांग्रेसको… पुरा पढौ

किन पाल्पा सरे विष्णु पौडेल ?

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा २ वाट निर्वाचन लड्ने भएका छन् । यसअघि रुपन्देही २ वाट निर्वाचन जित्दै आएका पौडेल यस पटक भने पाल्पाबाट उठ्ने भएका हुन् । रुपन्देही २ मा पनि एमालेले अहिलेसम्म उम्मेदवार टुंगो गरेको छैन । शनिवार बसेको एमालेको सचिवालय बैठकले पौडेललाई पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको सचिव लेखराज भट्टले बताए । एमालेले रुपन्देहीको १, २ र ४ नम्बरलाई पार्टी अध्यक्ष केपी ओली आफैले… पुरा पढौ

नेकपा (माओवादी) कास्कीबाट एकल सिफारिस

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) यही फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि कास्कीमा उम्मेदवार सिफारिस गरेको छ । माओवादी कास्कीले यहाँका तीन वटै निर्वाचन क्षेत्रमा एकल सिफारिस गरेको छ । कास्की निर्वाचन क्षेत्र नं १ मा कुमार परियार, क्षेत्र नम्बर २ मा सावित्रा गुरुङ दुरा र क्षेत्र नम्बर ३ मा किसानसिं गुरुङलाई सिफारिस गरिएको छ । परियार नेकपा (माओवादी) केन्द्रीय सदस्य एवं श्रमिक समुदाय मोर्चा नेपालका गण्डकी प्रदेश इन्चार्ज हुन्… पुरा पढौ

डोटी छाडेर कैलाली आए प्रेम आले

नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि जनाएर निष्क्रिया रहेका प्रेम आलेलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले कैलाली क्षेत्र नम्बर ५ बाट टिकट दिएको छ। नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर २०७९ मा डोटीबाट कैलाली झरेजस्तै आले पनि झरेका हुन् । २०७९ को चुनावमा डोटीबाट चुनाव जितेका आले यसप पटक कैलाली-५ बाट उम्मेदवार बन्ने पक्का भएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डले आलेलाई कैलाली ५ को टिकट… पुरा पढौ

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानमा नयाँ नेतृत्व

विजय ढकाल सहिद स्मृति प्रतिष्ठान पोखराको साधारणसभा तथा सातौँ अधिवेशनले पुनः माधवप्रसाद मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, महासचिव कल्पना चिलुवाल, सचिव सुरज उपाध्याय र कोषाध्यक्षमा सृजना ढकाल चुनिए । सदस्यहरुमा सुनिल पाण्डे, सूर्य कार्की, शालिकराम देवकोटा, भोलानाथ शर्मा, गीता खनाल र राजु बराज निर्वाचित भए । प्रतिष्ठानको संरक्षकमा विश्वप्रकाश लामिछाने र सल्लाहकारहरुमा बासुदेव बराल, रामराज रेग्मी, राजु क्षेत्री, किरण थापा र राजेन्द्र… पुरा पढौ

पोखरा १७ मा सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, स्वास्थ्य बिमाको सुविधा

पोखरा महानगरपालिकाको वडा नम्बर १७ मा रहेको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रले स्वास्थ्य बिमा सेवा सुरु गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सेवा सुरुआत गरे । शुक्रबार आयोजित कार्यक्रममा उनले महानगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सेवा विस्तार दिने विभिन्न प्रयास गरिरहेको जनाए । उनले यहाँबाट उचित सेवा दिन गण्डकी मेडिकल कलेज (जिएमसी)सँग साझेदारी गरिएकोसमेत सुनाए । उनले पोखरामा जनघनत्व उच्च रहेकाले स्वास्थ्य सेवाको पहुँच पु¥याउन कठिन हुने जनाए । ‘यसपालि १७… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं