राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका चार जना उम्मेदवारको नाम टुंगो लगाएको छ।
पार्टीले पाएको चार सिटका लागि भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामालाई सिफारिस गरेको छ। उनीहरूलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । राप्रपाले प्रत्यक्षमा एक सिटमात्र जितेको छ ।




