मुख्य समाचार

पोखरामा प्रहरीले चलाएको गोली लागी लागुऔषध कारोवारी घाइते

लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलाएको गोली लागि कास्कीमा एक जना घाईते भएका छन् । बुधबार दिउँसो १ बजेतिर पोखराको उत्तम चोकमा प्रहरीले गोली चलाएको थियो ।  पोखराको उत्तमचोकमा लागुऔषधको कारोवार हुदैछ भन्ने विशेष सुचनाको आधारमा कास्की प्रहरीले निजलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथी चिर्पट दाउरा प्रहार गरी ग १३ प ८२२८ नम्बरको मोटरसाइकलमा भाग्ने क्रममा उनलाई नियन्त्रणमा लिनको लागी एक राउण्ड गोली हानिएको हो । थापालाई घुडाभन्दा मुनि गोली हानी… पुरा पढौ

प्रधानसेनापति एकहप्ते चीन भ्रमणमा निस्किदै

प्रधानसेनापति पूर्णचन्द्र थापा आगामी असार १ गते एकहप्ताको लागी चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका हुन् । असार १ देखि ७ गतेसम्मको उक्त भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्ने कार्यक्रम रहेको छ । पुरा पढौ

लोकसेवा आयोगविरुद्ध राजपा नेपाल पनि उत्रियो

राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाइएको विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगलाई पनि दवाव दिएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले सो विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगसँग पनि आग्रह गरेका हुन् । सो विज्ञापन खारेज नगरे त्यसले सरकार, देश, व्यवस्था र मुलुकको अवस्था कसैलाई पनि फाईदा नगर्ने उनको भनाई छ । उनले समावेशी सिद्धान्तमा आधारित रहेर सो विज्ञापन… पुरा पढौ

महानगरपालिकाको योजना , आर्वामा खेलग्राम बनाउन डिपिआर पेश

पोखरा महानगरपालिकाले खेलग्राम निर्माणको तयारी गरेको छ । केही ठाँउको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत बनाईसकेको छ । बनाइएको प्रतिवेदन अनुसार महानगरपालिकाले आफनै खेलग्राम निर्माण गर्ने योजना बनाएको हो । योजनालाई आगामी पाँचौ नगरसभाले अनुमोदन गर्ने छ । लामो समयदेखि बजेट अभावमै अलपत्र परेको लेखनाथ भण्डारढीक रंशगालामा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हलको लागि समेत नगरसभाले बजेट बिनियोजनको प्रस्ताव गरिएको छ । बजेट बिनियोजन गर्दै कभर्ड हल तयार गरे त्यस क्षेत्रमा आयोजना हुने… पुरा पढौ

प्रहरीको पटके सूचीमा रहेका जोनलाई पक्रन गोली प्रहार

प्रहरीले लागूऔषध कारोबारी समाउन पोखरा स्थित उत्तम चोकमा गोली चलाएको छ। लागूऔषध कारोबारको सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीले गोली चालउँदा जोन भन्ने गोविन्द थापा घाइते भएका छन् । प्रहरीको पटके सूचीमा रहेका जोन केही समयअघिमात्र कतारबाट सजाय भुक्तान गरेर फर्किएका थिए। उनी कास्की प्रहरीमा पटके अभियुक्त हुन्। प्रहरी निरीक्षक गणेश सुवेदीको नेतृत्वमा खटिएको टोली उपर जोनले हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर… पुरा पढौ

सगरमाथाको आरोहण गरेको भन्दै झुटो विवरण पेश गरेको खुलासा

यस सिजनमा आरोहणको अनुमति लिएर सगरमाथा आरोहणमा गएका ६ सय ५९ जना आरोहीमध्ये ४ विदेशी आरोहीले आरोहण गरेको भन्दै झूटो विवरण पर्यटन विभागमा बुझाएको खुलासा भएको छ । विभागकी निर्देशक मीरा आचार्यका अनुसार यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुशले झुटो विवरण बुझाएका हुन् । विभागले आरोहण दलसँग खटाएको सम्पर्क अधिकृत र ट्रेकिङ एजेन्सीसँग बुझ्दा उनीहरुले आरोहण नै नगरेको पाइएपछि उनीहरुले झूटो विवरण पेस गरेको प्रमाणित… पुरा पढौ

यो सिजनमा कतिले सगरमाथा आरोहण गरे ?

यस सिजनमा विश्वकै अग्लो सगरमाथा शिखरमा ६ सय ५९ जना आरोहीले सफल आरोहण गरेका छन्। पर्यटन विभागले दिएको जानकारीअनुसार ५ सय ९४ पुरुष र ६५ जना महिलाले सफल आरोहण गरेका हुन्। अनुमति लिएका ३ सय ८१ आरोहीमध्ये २ सय ८१ जनाले मात्रै सफल आरोहण गरेका छन् । त्यस्तै आरोहीसँगै गाइड, भरिया गरी ३ सय ७८ सहयोगीले आरोहण सफल गरेको विभागले जनाएको छ। पुरा पढौ

हतारमा प्रस्तुत गरिएका विवादित विद्येयकहरु सच्चाउन आवश्यक छ

नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संशोधनका लागि सांसदमा पेश गरेका विद्येयकहरु हतारमा प्रस्तुत गर्दा कमजोरी भएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा बुधवार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दहालले विवादित सवै विद्येयकहरु सच्चाउन आवश्यक रहेको बताएका हुन् । अहिले विवादमा रहेको मिडिया विद्येयक , मानव अधिकार सम्वन्धी विद्येयक र गुठी विद्येयकहरु अध्ययन गरि आवश्यक भएका बुदा सच्चाउनु पर्ने प्रतिक्रिया दिएका छन् । यस्तै अध्यक्ष प्रचण्डले लोक सेवा आयोगले खुलाएको विज्ञापन… पुरा पढौ

जिल्लाकै पहिलो एफएम “रेडियो पर्वत” आगालागी हुदा ध्वस्त

पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो पर्वत १०३.६ मेगाहर्जको कार्यालयमा गएराती आगालागी हुदा सम्पुर्ण सामाग्री जलेर ध्वस्त भएको छ । राती १ बजेको समयमा विद्युत सर्ट भएर आगालागी हुँदा रेडियोको सामाग्री ध्वस्त हुनुका साथै घरमा समेत क्षति भएको हो । आगालागीबाट रेडियोको ट्रान्समिटर , ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजन लगायतका सामग्रीहरु पुर्ण रुपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिए । उनका अनुसार आगलागीले क्षति… पुरा पढौ

चितवन दास्रो दूधमा आत्मनिर्भर जिल्ला बन्न सफल

देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको एक अध्ययनले देखाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो । केन्द्रका प्रमुख डा विजय श्रेष्ठका अनुसार विश्व खाद्य सङ्गठनले एक व्यक्तिले स्वस्थ रहन एक दिनमा २५० मिलीलिटर दूध प्रयोग गर्नुपर्ने जनाएको छ । जसअनुसार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं