प्रधानसेनापति एकहप्ते चीन भ्रमणमा निस्किदै

प्रधानसेनापति पूर्णचन्द्र थापा आगामी असार १ गते एकहप्ताको लागी चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका हुन् ।

असार १ देखि ७ गतेसम्मको उक्त भ्रमणका क्रममा प्रधानसेनापति थापा छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्ने कार्यक्रम रहेको छ ।