यस सिजनमा विश्वकै अग्लो सगरमाथा शिखरमा ६ सय ५९ जना आरोहीले सफल आरोहण गरेका छन्।
पर्यटन विभागले दिएको जानकारीअनुसार ५ सय ९४ पुरुष र ६५ जना महिलाले सफल आरोहण गरेका हुन्।
अनुमति लिएका ३ सय ८१ आरोहीमध्ये २ सय ८१ जनाले मात्रै सफल आरोहण गरेका छन् । त्यस्तै आरोहीसँगै गाइड, भरिया गरी ३ सय ७८ सहयोगीले आरोहण सफल गरेको विभागले जनाएको छ।






