लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलाएको गोली लागि कास्कीमा एक जना घाईते भएका छन् । बुधबार दिउँसो १ बजेतिर पोखराको उत्तम चोकमा प्रहरीले गोली चलाएको थियो ।
पोखराको उत्तमचोकमा लागुऔषधको कारोवार हुदैछ भन्ने विशेष सुचनाको आधारमा कास्की प्रहरीले निजलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथी चिर्पट दाउरा प्रहार गरी ग १३ प ८२२८ नम्बरको मोटरसाइकलमा भाग्ने क्रममा उनलाई नियन्त्रणमा लिनको लागी एक राउण्ड गोली हानिएको हो ।
थापालाई घुडाभन्दा मुनि गोली हानी नियन्त्रणमा लिइ हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेको र उनको अवस्था सामान्य रहेको समेत प्रहरी प्रमुख कार्कीले जानकारी दिए ।
नियन्त्रणमा लिएको थापाको साथबाट छ सय सेट लागुऔषध बरामद गरिएको कास्की प्रहरी प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।
सोही घटना पश्चात कास्की प्रहरीले घटना घटेको स्थानको ५ सय मिटर नजिकैबाट ३ सय सेट लागुऔषध सहित लागुऔषध कारोवारी गर्ने पोखरा नयाबजार घर भइ पोखरा १० बस्ने देवी गुप्तालाई नियन्त्रणमा लिएको समेत प्रवक्ता सुवदीले जानकारी दिए ।
तस्वीर : मेरोहेडलाईन डटकम






