प्रहरीको पटके सूचीमा रहेका जोनलाई पक्रन गोली प्रहार

प्रहरीले लागूऔषध कारोबारी समाउन पोखरा स्थित उत्तम चोकमा गोली चलाएको छ। लागूऔषध कारोबारको सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीले गोली चालउँदा जोन भन्ने गोविन्द थापा घाइते भएका छन् ।

प्रहरीको पटके सूचीमा रहेका जोन केही समयअघिमात्र कतारबाट सजाय भुक्तान गरेर फर्किएका थिए। उनी कास्की प्रहरीमा पटके अभियुक्त हुन्।

प्रहरी निरीक्षक गणेश सुवेदीको नेतृत्वमा खटिएको टोली उपर जोनले हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए। उनको दायाँ घुडामा गोली लागेको छ। उनका अनुसार घाइतेको अवस्था सामान्य छ गण्डकी अस्पतालमा उपचार भइरहेको छ।