हतारमा प्रस्तुत गरिएका विवादित विद्येयकहरु सच्चाउन आवश्यक छ

नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संशोधनका लागि सांसदमा पेश गरेका विद्येयकहरु हतारमा प्रस्तुत गर्दा कमजोरी भएको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा बुधवार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दहालले विवादित सवै विद्येयकहरु सच्चाउन आवश्यक रहेको बताएका हुन् ।

अहिले विवादमा रहेको मिडिया विद्येयक , मानव अधिकार सम्वन्धी विद्येयक र गुठी विद्येयकहरु अध्ययन गरि आवश्यक भएका बुदा सच्चाउनु पर्ने प्रतिक्रिया दिएका छन् । यस्तै अध्यक्ष प्रचण्डले लोक सेवा आयोगले खुलाएको विज्ञापन सम्वन्धमा राज्य ब्यवस्था समितिले निर्णय गरिसकेको कारण पार्टीमा छलफल गरि पार्टीले आधिकारिक निर्णय लिने बताए ।

चितवन क्षेत्र नम्वर ३ का प्रतिनीधि सभा सदस्य तथा पुर्व प्रधानमन्त्री समेत रहेका दहालले चितवनमा निमार्णाधिन अन्तराष्ट्रिय रंगशाला राष्ट्रिय गौरवको विषय भएकोले यसलाई नेपाल सरकारले अहिलेको बजेटमा प्रस्तुत गरेको जस्तै प्राथमिकतामा पारिने बताए ।