मुख्य समाचार

कोरला नाका छिटो खुलाउन निर्देशन

‘नेपाल भ्रमण वर्ष-२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो । समितिका सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै यो नाका खुलाउने गरी पूर्वाधार निर्माणको… पुरा पढौ

पोखरामा खटाइयो सादा पोशाकमा प्रहरी

कास्की प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । दशैंमा सुरक्षा र दशँै मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यले सादा पोशाकमा प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए । सादा पोशाककै प्रहरीले पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका ६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक केसीले… पुरा पढौ

महरा परे बिरामी, हिरासत कक्षमै लगाइयो अक्सिजन

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामा स्वास्थ्य समस्या देखिएको छ। प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो। उनलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हाे।  सोही राति त्रिवि शिक्षण अस्पतालमा महराको स्वास्थ्य परीक्षण गरिएको छ।… पुरा पढौ

महराको निवासमा यसरी चल्दै थियो दशैं भोज…

बलात्कार आरोपित सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न आइतबार अपराह्न पौने ५ बजेतिर प्रहरी टोली बा१झ ७८६२ नम्बरको गाडी लिएर बालुवाटारस्थित सभामुख निवास पुगेको थियो। दुई जना प्रहरी गाडीबाट ओर्लेर सभामुखको गेट ढकढक्याउन थाले। भित्र गएर उनीहरूलाई पक्राउबारे महरालाई जानकारी गराए। त्यति बेला महरा आफन्तहरूलाई दसैं भोज खुवाउँदै थिए। 'उहाँले आज अष्टमीको दिन भएर खसी पनि काट्नुभएको रहेछ,' अनुसन्धानमा खटिएका एक प्रहरीले भने, 'प्रहरीहरू सभामुख निवासभित्र पुगेर पनि उहाँलाई पक्राउ गर्न ढिलाइ हुनुको कारण त्यहाँ… पुरा पढौ

अन्तर्राष्ट्रिय मिडियामा पनि महरा चर्चा

नेपालका निवर्तमान सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा पक्राउ परेको विषयले अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चा पाएको  छ ।  बीबीसीले सो विषयमा समाचार बनाउँदै उनले आफ्नै संसद सचिवालयकी स्टाफमाथि यौन दुव्र्यवहार गरेको चचा गरेको छ । भारतको पत्रिका दी हिन्दूले  नेपालमा प्रजातन्त्र स्थापना भएपछि सबै भन्दा उच्च व्यक्ति यौन काण्डमा पक्राउ परेको समेत उल्लेख गरेको छ ।  भारतकै न्यूज १८ अनलाइनले हँसिया हथौडाको फोटो राखेर महराले आफ्नै स्टाफलाई यौन दुव्र्यवहार गरेको चर्चा गरेको… पुरा पढौ

आमालाई बचाउन खोज्दा छोराको पनि गयो ज्यान

हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा आइतबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।   दिउँसो करीब ११ः३० बजे ५५ वर्षीया लेखमाया पराजुली घाँस काटने क्रममा बिजुलीको करेन्ट लागेकाले कराउँदा निजकै छोरा २८ वर्षीय मदन पराजुलीले आमालाई बचाउने क्रममा निजलाई पनि करेन्ट लागी घाइते भएपछि उपचारका लागि हेटौँडाको चुरेहिल अस्पतालमा ल्याउँदा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक मुकेशकुमार सिंंहले जानकारी दिए ।  पुरा पढौ

महरालाई सोधपुछका लागि बानेश्वर वृत्तमा लगिंदै

सभामुखको सरकारी निवासबाट आइतबार बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले थप अनुसन्धानका लागि नयाँ बानेश्वर वृत्तमा लगिने भएको छ । सोमबार नयाँ बानेश्वर वृत्तमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  सिंहदरबार वृत्तले बानेश्वरबाट लिन आएपछि महरालाई बानेश्वर पठाइने बताएको छ । आइतबार साँझ ६ः१४ बजे महरालाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार पुर्याएको थियो ।  महरालाई पक्राउ गरी किटानी जाहेरी दिइएको वानेश्वर प्रहरी वृत्त… पुरा पढौ

महराको स्वास्थ्य परीक्षण गरियो, २८ गतेसम्म प्रहरी हिरासतमै रहने पक्का

निर्वतमान सभामुख कृष्णबहादुर महरा असोज २८ गतेसम्म प्रहरी हिरासतमै रहने भएका छन् ।दशैं बिदाका कारण अदालत २६ गतेसम्म बन्द रहने र २७ गते पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएकोले २७ गते शोक बिदा भएकोले २८ गतेमात्रै खुल्ने भएपछि महरा प्रहरी हिरासतमै रहने भएका हुन ।  प्रहरीका अनुसार अदालतमा खुलेकै दिन महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ । अदालतमा उपस्थित गराएपछि अनुसन्धान गर्नको लागि म्याद थप्न अनुमति माग्नेछ । महरालाई महानगरीय प्रहरी… पुरा पढौ

कृष्णबहादुर महरालाई आफ्नैले साथ छोडेपछि….

‘सुखमा सबैको हाई–हाई, दुःखमा बाईबाई’, ‘बलेको आगोमात्र तापिन्छ, निभेको कस्ले ?’, ‘ओरालो लागेको मृगलाई बाछोले पनि खेद्छ’ भन्ने नेपाली उखान टुक्का हामी सबैले सुन्ने गरेकै छौं । यतिबेला निवर्तमान सभामुख कृष्णबहादुर महरामा यहि उखान टुक्का लागू भएको छ । एक महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा महरामाथि यतिबेला ग्रहण लागेजस्तै भएको छ ।उनी निभेको दियो भएका छन् । कुनै बेला महराको अघि पछि लाग्ने धेरै थिए । उनका पछाडि नेता, कार्यकर्ता,… पुरा पढौ

तलेजु भवानीको मन्दिर: वर्षको एक दिन मात्रै खुल्नुको रहस्य के हो ?

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सोमबार सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।  तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । हनुमनढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी रहेका छन् ।  काठमाडौँमा भने कर्माचार्य र जोशी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं