ताजा समाचार

असाेज २० गते २०७६

महरा परे बिरामी, हिरासत कक्षमै लगाइयो अक्सिजन

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामा स्वास्थ्य समस्या देखिएको छ।

प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो। उनलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हाे। 

सोही राति त्रिवि शिक्षण अस्पतालमा महराको स्वास्थ्य परीक्षण गरिएको छ। प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो।


Loading...