मुख्य समाचार

महरालाई प्रहरी अधिकृतको खाना, सुत्ने र पढ्ने काम, चिकित्सक तैनाथ

निवर्तमान सभामुख कृष्णबहादुर महरा यतिबेला प्रहरी हिरासतमा छन् । सधैंभरि व्यस्त रहने महरा यतिबेला के गर्दै होलान् ? यो सबैको चासोको विषय हो । महरा प्रहरी हिरासतमा पढ्ने र सुत्ने काम गरिरहेको बुझिएको छ । हिरासतको सुरक्षार्थ खटिएका अधिकृतहरूका अनुसार महरा निकै उदास र मौन देखिएका छ । सोमबार दिउँसो हिरासत कक्षको सीसी टीभीमा हेर्दा उनी सुतिरहेका थिए । अधिकृतहरुका अनुसार उनले बेला–बेला पुस्तक पनि पढ्ने गरेका छन् । उनलाई… पुरा पढौ

महराका साथी लागूऔषध कारोवारी र ठगीका अभियुक्त, देखिन्छन् उदास र मौन

लुकभर दशैंको रौनक छाएका बेला निर्वतमान सभामुख कृष्णबहादुर महरा प्रहरीको हिरासतमा पुगे । बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेर उनलाई सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमा राखिएको छ । सिंहदरबार वृत्तमा दुई वटा हिरासत कक्ष छन् । एउटा कक्षमा पुरुष र अर्कोमा महिलाहरुलाई राखिन्छ । महरा पुरुष हिरासत कक्षमा अन्य अभियुक्तसँगै बसिरहेका छन् । सो कक्षमा लागूऔषध कारोवारी र ठगीका अभियुक्तहरुसँगै उनलाई राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । हिरासतको सुरक्षार्थ खटिएका अधिकृतहरुका अनुसार महरा… पुरा पढौ

महरालाई हिरासतमा भेट्न को-को पुगे ?

दशैंका कारण देशभरका प्रहरी कार्यालय सुनसान भएका बेला महानगरीय प्रहरी वृत्त सिंहदरबारमा भने बाक्लो चहलपहल छ । नहोस् पनि किन ? बलात्कार प्रयासको आरोप लागेपछि मुलुकको चौथो वरियताको सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा यहाँ कैद छन् । जिल्ला अदालत, काठमाडौंले आइतबार दिउँसो पक्राउ गर्न अनुमति दिएपछि साँझ बालुवाटार स्थित सरकारी निवासबाटै काठमाडौं प्रहरी परिसर र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले महरालाई परिवारलाई मात्र… पुरा पढौ

आज विजयादशमी, १०ः३५ बजे टीकाको उत्तम साइत

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र  समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।  आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः३५… पुरा पढौ

दशैँले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।  विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले चाडपर्वको सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान एवं गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताएकी छिन् ।  “हाम्रो मुलुकमा परम्परागत… पुरा पढौ

समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षाका पूरा गरोस्ः उपराष्ट्रपति पुन

नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।  विजयादशमीको अवसरमा आज एक  शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो संविधानले सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको… पुरा पढौ

मतभेदलाई बिर्सेर देशको सर्वाङ्गीण हितमा संलग्न होऔँ: देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन् ।  विजया दशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले  धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड भएको बताएका छन् ।  नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको यो पर्व… पुरा पढौ

प्रधानमन्त्रीको सन्देश : सभ्य ढंगले दशैं मनाऔं

प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताएका छन् । वडादशैंको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा रहेको स्मरण गराएका छन् । उनले भनेका छन्, ‘‘यस यात्रामा हामीले समृद्धि सँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास पनि गर्नुछ । यसमा हामी सबैको… पुरा पढौ

नरपानी जीप दुर्घटना : मृत्यु भएकामध्ये २ जनाको सनाखत

अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मत्यु भएको छ । ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अबस्था गम्भीर छ । कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप सन्धिखर्क नगरपालिका वडा नम्बर–६ नरपानी नजिकै सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घटनामा मृत्यु हुनेमा अर्घाखाँचीको ढाकाबाङ्ग पहाड घर भइ हाल दाङ्ग लमही बस्दै आएका ५० वर्षीय घनश्याम खनाल छन् भने… पुरा पढौ

झापा पुगेका प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कंदै, यस्तो छ कारण

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली सोमबार गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन्। दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन सोमबार बिहान प्रधानमन्त्री ओली भद्रपुर विमानस्थल आइपुग्दा पार्टी नेता तथा सरकारी अधिकारीले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले बर्सेनी दशैँ, तिहार र छठ पर्वका अवसरमा विगत २५ वर्षदेखि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।  कार्यक्रममा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं