ताजा समाचार

असाेज २१ गते २०७६

महरालाई हिरासतमा भेट्न को-को पुगे ?

दशैंका कारण देशभरका प्रहरी कार्यालय सुनसान भएका बेला महानगरीय प्रहरी वृत्त सिंहदरबारमा भने बाक्लो चहलपहल छ ।

नहोस् पनि किन ? बलात्कार प्रयासको आरोप लागेपछि मुलुकको चौथो वरियताको सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा यहाँ कैद छन् ।

जिल्ला अदालत, काठमाडौंले आइतबार दिउँसो पक्राउ गर्न अनुमति दिएपछि साँझ बालुवाटार स्थित सरकारी निवासबाटै काठमाडौं प्रहरी परिसर र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले महरालाई परिवारलाई मात्र भेट्न खुला गरेको छ । उनलाई भेट्न खोज्दै शुभचिन्तक बाक्लै आइरहेका छन् । अधिकांश उदास भएर फर्कन्छन् ।

‘उहाँ आफैंले पनि कोहीसँग पनि बोल्न त्यति रुचि देखाउनु भएको छैन’, एक प्रहरी अधिकृत भन्छन्, ‘परिवारका सदस्य चाहिँ वेलावेला खाना लिएर उनलाई भेट्न जान्छन् ।’


Loading...