ताजा समाचार

असाेज २१ गते २०७६

महरालाई प्रहरी अधिकृतको खाना, सुत्ने र पढ्ने काम, चिकित्सक तैनाथ

निवर्तमान सभामुख कृष्णबहादुर महरा यतिबेला प्रहरी हिरासतमा छन् । सधैंभरि व्यस्त रहने महरा यतिबेला के गर्दै होलान् ? यो सबैको चासोको विषय हो ।

महरा प्रहरी हिरासतमा पढ्ने र सुत्ने काम गरिरहेको बुझिएको छ । हिरासतको सुरक्षार्थ खटिएका अधिकृतहरूका अनुसार महरा निकै उदास र मौन देखिएका छ । सोमबार दिउँसो हिरासत कक्षको सीसी टीभीमा हेर्दा उनी सुतिरहेका थिए ।

अधिकृतहरुका अनुसार उनले बेला–बेला पुस्तक पनि पढ्ने गरेका छन् । उनलाई प्रहरी अधिकृतका लागि बनाइएको खाना दिइएको छ ।

वीर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा ‘ब्लड प्रेसर हाइ’ देखिएपछि उनलाई नुन र अमिलो कम हालेको खान पहिल्यै झिकिन्छ ।

स्वास्थ्यमा समस्या नआओस् भनेर १ जना चिकित्सक पनि तैनाथ राखिएको छ । श्वासप्रश्वासमा असहज हुन सक्ने भएकाले अक्सिजन पनि तयारी अवस्थामा राखिएको छ । लामखुट्टेको समस्या नहोस् भनेर धुपको पनि व्यवस्था गरिएको प्रहरी स्रोत बताउँछ ।


Loading...