ताजा समाचार

असाेज २० गते २०७६

महराको स्वास्थ्य परीक्षण गरियो, २८ गतेसम्म प्रहरी हिरासतमै रहने पक्का

निर्वतमान सभामुख कृष्णबहादुर महरा असोज २८ गतेसम्म प्रहरी हिरासतमै रहने भएका छन् ।दशैं बिदाका कारण अदालत २६ गतेसम्म बन्द रहने र २७ गते पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएकोले २७ गते शोक बिदा भएकोले २८ गतेमात्रै खुल्ने भएपछि महरा प्रहरी हिरासतमै रहने भएका हुन । 

प्रहरीका अनुसार अदालतमा खुलेकै दिन महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ । अदालतमा उपस्थित गराएपछि अनुसन्धान गर्नको लागि म्याद थप्न अनुमति माग्नेछ ।

महरालाई महानगरीय प्रहरी वृत सिहदरबारमा राखिएको छ । महराको आइतबार राति नै वीर अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको छ ।

महरामाथी संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफूमाथि जबरजस्ती करणी गर्न खोजेको भन्दै शुक्रबार वानेश्वर प्रहरी वृतमा उजुरी दिएकी थिइन । 

रोशनीकै जाहेरीका आधारमा महरा आइतबार सरकारी निवासबाटै पक्राउ परेका थिए । असोज १२ गते महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेको पीडितको दाबी थियो ।

शाहीले महराले आफूमाथी बलात्कार गरेको भन्दै त्यही राती प्रहरीमा खबर गरेकी थिइन । तर पछि शाही आफैंले बलात्कार प्रयासमा उजुरी दिएकी हुन् ।

प्रहरीले शाहीको डेराबाट महराले ल्याएको भनिएको रक्सीको बोतल, चस्मा र जुत्ताको तलुवालगायत सामाग्री बरामद गरेको थियो । ती सामाग्रीको फरेन्सिक जाँचका लागि ल्याबमा पठाइसकेको प्रहरी अधिकारी बताउँछ ।  


Loading...