पोखरामा खटाइयो सादा पोशाकमा प्रहरी


कास्की प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । दशैंमा सुरक्षा र दशँै मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यले सादा पोशाकमा प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

सादा पोशाककै प्रहरीले पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका ६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक केसीले बताए ।

यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकिङका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउँदै उनले यस क्रममा बढी भाडा असुल गरेको ६ वटा सवारीसाधन र चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिएको बताऐ ।

मनोमानी रुपमा बढी भाडा लिई बार्गेनिङ गरी बढी भाडा असुल गरेको पाइएमा प्रहरीमा खबर गर्न उहाँले सबैसँग आग्रह गरे ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं