मुख्य समाचार

आँखा बन्द गरेर ‘केही भएन’ भन्नेहरु आँखा खोलेर हेर

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउ गर्दै केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् । निश्चित उद्देश्य बोकेको मानिसहरुले मात्र केही भएको छैन भनेर भ्रम फैलाएको उनले बताए । आँखा बन्द गरेर केही भएन भनिएको भन्दै उनले के भिन्नता… पुरा पढौ

केही वर्षमै मुलुक परिवर्तन हुन्छ:मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही वर्षमै मुलुकमा आमरुपमा परिवर्तनको आभाष हुँदै जाने बताएका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल युनाइटेड फुटबल एशोसियशन ९पुफा०द्वारा आयोजित १० दिने पाँचखाल महोत्सव आज शुभारम्भ गर्दै उहाँले सरकार हाल विकासको महाअभियानमा रहेकाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गरेका हुन् । मन्त्री बाँस्कोटाले मुलुकको परिवर्तनलाई आत्मसात् गर्नसक्ने सामथ्र्य पाँचखालसँग रहेको बताए । उनले भने, “पाँचखाल अन्तरराष्ट्रिय कनेक्टिभीटीको प्रमुख नाका हो, विकासोन्मुख पाँचखाललाई अन्तरराष्ट्रिय क्षेत्रमा… पुरा पढौ

सडक हुँदा हुदै विमानस्थल पुग्न हेलिकप्टर चढिन

राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन् । म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति भण्डारीले सडक हुँदा पनि हेलिकप्टर प्रयोग गरेकि हुन् । विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ । म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा जान लागेकी भण्डारी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका गर्ने जनाइएको छ । पुरा पढौ

राष्ट्रपति शितलनिवासबाट विमानस्थल हेलिकप्टरमा

म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन्। सडक हुँदै विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ। सवारीका कारण सडक जाम हुँदा राष्ट्रपतिको आलोचना हुँदै आएको थियो।  उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जानका लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यहाँ उनले राष्ट्रपति मिन्टसँग दुई पक्षीय भेटवार्ता… पुरा पढौ

उपनिर्वाचनका उम्मेदवार कात्तिक १० भित्र सिफारिस गर्ने

नेकपाको बुधबार बिहान बसेको सचिवालय बैठकले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ। आगामी मंसिर १४ गते उपनिर्वाचनको लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन(तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको हो । सो सिफारिसको आधारमा अन्तिम निर्णय केन्द्रले गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। यस्तै नगरपालिका र गाउँपालिकाका मेयर,… पुरा पढौ

बिबिसीको शक्तिशाली १ सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा

पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को शक्तिशाली एक सय महिलाको सूचीमा परेकी छिन्। ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) ले तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा शर्मा पनि परेकी हुन्। शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स संस्थाकी संस्थापक हुन् । उनी नेतृत्वको संस्थाले महिला सशक्तीकरणसँगै पोषण क्षेत्रमा काम गर्दै आइरहेको छ । बीबीसीले महिला सशक्तिकरणसँगै पोषण क्षेत्रमा शर्माले पुर्‍याएको योगदानको कदर गर्दै विश्वका १०० प्रभावशाली महिलाको सूचीमा उनलाई पनि… पुरा पढौ

सांसद साहको रिहाइको माग गर्दै राजपा आन्दोलित, एक घण्टा चक्काजाम

राष्ट्रिय जनता दल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपालले आन्दोलन गरेको छ ।  राजपा नेपालले बुधबार बिहान साहको रिहाइको माग गर्दै एक घण्टा लामो चक्काजाम गरेको हो ।  राजपा नेपाल धनुषाले करिब एक सयको संख्यामा जनकपुरस्थित रामानन्द चोकको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।  प्रदर्शनकारीहरुले बिहान ८ बजेदेखि ९ बजेसम्म चक्काजाम गरेका थिए । पक्राउ परेका सांसद साहको रिहाइ र… पुरा पढौ

कास्की-२ मा कांग्रेसबाट डेढ दर्जन आकांक्षी, को-को छन् ?

उपनिर्वाचनको मिति नजिकिंदै गर्दा कास्कीका रौनक बढ्दै गएको छ । तिहार लगत्तै चुनावी रौनक ह्वात्तै बढ्ने देखिन्छ । प्रतिनिधिसभाका लागि १ मात्र निर्वाचन क्षेत्र कास्की-२ पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र हो । उनको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्रमा प्रतिनिधि खाली थियो । निर्वाचनका लागि अहिलेसम्म कुनै पनि दलले उम्मेदवार खडा गरेका छैनन् । आकांक्षी धेरै भएपछि मुख्य २ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसमा समस्या भएको छ… पुरा पढौ

डा. केसीविरुद्ध अनसन बस्ने विजय थापा पक्राउ

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा विजय थापा पक्राउ परेका छन् । थापा चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बस्ने प्रा.डा. गोविन्द केसीविरुद्ध अनसन बस्ने गर्दथे । थापालाई मंगलबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । थापामाथि गत भदौ २९ गते चिकित्साशास्त्र अध्ययन संस्थानका डिन अग्रवालमाथि कालोमोसो दलेको आरोप छ । थापाका सहयोगीले भने उनी पक्राउ परेको नभइ आत्मसमर्पण गरेको बताए । थापाले डा.… पुरा पढौ

नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थपियो

नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालयलाई जनपद र प्राविधिकतर्फ गरी रिक्त दरबन्दीका लागि भर्ना प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । नेपाल प्रहरीमा हाल जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ जनाको दरबन्दी छ । तर, कार्यरत प्रहरीको संख्या ६४ हजार ३ सय २३ मात्रै छ । जुन संख्या पुरानो स्वीकृत दरबन्दीभन्दा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं